विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि पोखरा एभेन्जर्सलाई दुई सय २१ रनको लक्ष्य दिएको छ ।
एकल, द्वन्द्व प्रभावित र सीमान्तकृत महिलालाई आर्थिक रूपले सशक्त बनाउनु पर्ने विषयमा वक्ताहरूले जोड दिनु भएको छ ।
पश्चिम नवलपरासीको सदरमुकाम परासी हाटबजारमा बिक्री भएको बङ्गुरको मासुमा अफ्रिकन स्वाइन फिवर पुष्टि भएको छ ।
बाँके जिल्लामा सबैभन्दा बढी आयकर तिर्ने करदाता बन्न सफल वेस्टर्न हस्पिटल प्रालि नेपालगन्जलाई आन्तरिक राजश्व कार्यालय नेपालगन्जले सम्मान गरेको छ ।
दोलखाको भीमेश्वर नगरपालिकाका केही सरकारी विद्यालयमा विद्यार्थी सङ्ख्याभन्दा शिक्षक बढी हुँदा शिक्षक कामविहीन भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सा जिल्लाको वीरगन्जस्थित नापी कार्यालयका दुई कर्मचारीलाई एक लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको छ।
ताप्लेजुङमा एक युवा समाजसेवीले विद्यार्थीलाई न्यानो कपडा (स्विटर) र शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले जेनजी आन्दोलनपछि नेपाल भारत सिमानाबाट हुने गरेको अवैध आयात र चोरी पैठारी रोक्न कडाइ गरेको छ ।
मन्त्री डा.गौतमले एन्टिमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताहको अवसरमा भिडियो सन्देश जारी गर्दै चिकित्सकले लेखेको औषधी पूर्ण डोज र आवश्यक मात्रामा एन्टिवायोटिकको सेवन गर्न अनुरोध गर्नु भएको हो ।
हिमाली जिल्ला ताप्लेजुङमा एक हजार चार सय बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका पछिल्लोपटक फोटोसहितको नयाँ मतदाता नामावली दर्ता गर्न थालेपछि उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् ।
आयोगको कार्यालय, बहादुर भवनमा नेता चन्दलाई आयोगका सचिव महादेव पन्थले सो प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । सो दलले गुलाब निर्वाचन चिह्न पाएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले खेल क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटनविरुद्ध आफ्नो पार्टीले कानुनी उपचार र शान्तिपूर्ण सङ्घर्षको बाटो रोज्ने बताउनुभएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा रङ्गशाला परिसरमा एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
राष्ट्रिय सभाको सचिवमा तुलबहादुर कंडेल नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई आजदेखि लागु हुने गरी राष्ट्रियसभाको सचिवमा नियुक्ति गर्नुभएको हो ।