शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नारद कोहार
तौलिहवा(कपिलबस्तु), फागुन २३ गते । कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर–३ बाट नेपाली कांग्रेसका अभिषेक प्रताप शाह विजयी हुनुभएको छ । शाह २३ हजार ५३५ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिशपर्धि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश रजौरियाले १८ हजार ८९० प्राप्त गर्नुभएको छ । यससँगै शाह ४ हजार ६४५ मतान्तरले विजयी हुनुभएको हो ।
नेकपा एमालेका वीरेन्द्र कनोडिया १४ हजार ७६३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कुबेर पाण्डेले बताउनुभयो । उहाँले विजयी हुनुभएको शाहलाई प्रमाण पत्र दिने तयारी गरिएको बताउनुभयो ।