कबिराज घिमिरे
हिले, फागुन २३ गते । धनकुटाको मुलघाटस्थित तमोर नदीमा चिप्लिएर खसेकी एक महिलाको जीवितै उद्धार गरिएको छ । किनारमा फोटो खिच्ने क्रममा चिप्लिएर मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका –१ बस्ने गोविन्द बरालकी श्रीमती करिब २४ वर्षीया सुस्मा पौडेल नदीमा खस्नु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार दमिति २०८२ फागुन २३ गते करिब दिउँसो २ः४० बजेतिर धनकुटा नगरपालिका –९ मुलघाटस्थित तमोर नदी किनारमा फोटो खिच्ने क्रममा उहाँ चिप्लिएर नदीमा खस्नुभएको हो ।
अरुण थर्ड हाइड्रोपावरको सामान ढुवानीका लागि बनाइएको वैकल्पिक बाटो नजिक फोटो खिच्नेक्रममा चिप्लिएर पछि तमोर नदीले बगाएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा करिब ५०० मिटर तल बगेपछि उहालाई उद्धार गरी थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) पठाइएको जिल्ला प्रहरी कार्यलय धनकुटाका सूचना अधिकारी डिएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो।