• २३ फागुन २०८२, शनिबार

प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी

blog

विजेता सुशान्त वैदिक ।

सलिम मियाँ

बिजुवार, फागुन २३ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुशान्त वैदिक विजयी हुनुभएको छ ।

मतगणनाको अन्तिम परिणामअनुसार उहाँले २७ हजार ४६९ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्राडा. गोविन्दराज पोखरेलले १८ हजार ३३८ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका सूर्य थापाले १६ हजार ७१० मतसहित तेस्रो स्थान हासिल गर्नुभयो । 

यसैगरी नेपाल कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्काले ९ हजार ७४ मत प्राप्त गर्दै चौथो स्थानमा रहँदा राष्ट्रिय जनमोर्चाका तिलक बहादुर जिसीले ७ हजार ६५४ मत ल्याएर पाँचौं स्थानमा रहनुभयो । 

जिल्लामा कुल १ लाख ६५ हजार ४०६ मतदाता रहेकामा ८४ हजार ४३३ मत खसेको थियो । तीमध्ये ८१ हजार १४६ मत सदर र ३ हजार २८७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।