• २३ फागुन २०८२, शनिबार

तीन दिनदेखि हराइरहेका युवक मृत फेला

blog

राममणि दाहाल

मकवानपुर, फागुन २३ गते । हेटौँडा उपमहानगरपालिका-१२ स्थित कल्याणटार बलटोलबाट हराइरहेका एक युवक मृत फेला परेका छन् । गत बुधबार बिहानबाट घर छाडेर हिडेकाका सुरेन बल मृत अवस्थामा फेला परेका हुन् । 

घर छाडी हिडेका २३ वर्षीय बललाई आफन्तले खोजी गर्ने क्रममा आफ्नै घरदेखि करिब २५ मिटर पूर्व काँसघाँरीमा मृत अबस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । 

प्रहरीकाअनुसार आफन्तसँग बुझ्दा निज छारे रोगको बिरामी रहेको पाइएको छ । निज बलको शव परीक्षणका लागि शुक्रबारनै हेटौँडा अस्पताल मकवानपुर पठाएको प्रहरीको भनाई छ ।