उत्तरी गोरखाको धार्चे गाउँपालिका–३, खोर्लावेशीस्थित मिङरुङ खोलामा करिब ५ करोडको लागतमा बेलीब्रिज निर्माण हुने भएको छ ।
नेपाल सरकार, भारतीय दूतावास र विभिन्न नौ स्थानीय तहबिच प्रभावयुक्त सामुदायिक विकास आयोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
बेलायतका प्रधानमन्त्री किर स्टार्मरले सोमबार अन्तर्राष्ट्रिय समुदायलाई अनियमित आप्रवासन उन्मूलन गर्न र आप्रवासी तस्करी गिरोहहरू भत्काउन सहकार्य गर्न आग्रह गर्नुभएको छ ।
गुल्मीको मुसिकोटका नागरिकले रुपन्देहीका अस्पतालहरुमा उपचारको क्रममा रगत आवश्यक परे निःशुल्क पाउने भएका छन् । कुनै घटना वा दुर्घटनामा परेर रगत अभावको कारण कसैको ज्यान नजाओस भन्ने उद्देश्यले मुसिकोट नगरपालिकाले रुपन्देही रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ ।
दुई बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले इलामका दुई व्यक्तिलाई पक्राउ गरेको छ ।
गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आफूले सेवा, सुविधाबापत पाउने सबै रकम समाजसेवामा खर्च गर्नुभएको छ । प्रदेशसभाको अघिल्लो कार्यकालमा समेत सांसद रहनुभएका उहाँले सात वर्षको अवधिमा ७९ लाख ४२ हजार तीन सय २४ रुपियाँ सामाजिक कार्यमा खर्च गर्नुभएको हो ।
बाजुराको हिमाली र मुगुको खत्याड गाउँपालिका बिचमा पर्ने कर्णाली नदीको झुगोलामा निर्माणाधीन पुलको ३० प्रतिशत मात्र काम भएको छ ।
स्याङ्जामा आगलागीका घटना बढ्न थालेको छ । केही दिन यता जिल्लाका विभिन्न स्थानमा आगलागी भइरहेको छ । आगलागीले घर, गोठ जलेका छन् भने वनजङ्गलमा भएको आगलागीले खानेपानीका पाईप लगायत जलेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन थाइल्यान्ड प्रस्थान गर्नुभएपछि प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई दिइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट गर्नुभएको छ । आज सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको भेटमा लामिछानेले आफ्नो सांसदको पद निलम्बन फुकुवा गर्न माग गर्नुभयो ।
तीन दशकअघिसम्म वीरगन्जको बजारमा एक प्याकेट दूधको चिया पकाएर बेच्नका लागि रामनिवास शर्मालाई चोक–चोकमा भौँतारिनुपर्दथ्यो । तर भारतको राजस्थान स्थायी घर भएका शर्माको एक केट्ली चिया बिक्री हुने–नहुने कुनै ‘ग्यारेन्टी’ हुँदैन्थ्यो । तर उहाँ कहिल्यै विचलित हुनुभएन ।
सोमबारदेखि सुरु भएको यो अभियान चार दिनसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
घोराहीमा नमुना विद्यालयको नतिजा कमजोर देखिएको छ । उपमहानगरपालिकाले सार्वजनिक गरेको कक्षा ८ को नतिजामा नगरले नमुना विद्यालय बनाएका विद्यालयकै नजिता कमजोर देखिएको हो ।
म्याग्दीको बेनीमा निःशुल्क मुटु परीक्षण तथा उपचार शिविर सुरु भएको छ । जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका ६ वटै स्थानीय तहको संयुक्त आयोजना र शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौंको प्राविधि सहयोगमा मङ्गलबारदेखि शिविर सञ्चालन गरिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार विश्वभर अशान्ति निम्त्याउने जोखिम उठाउँदै आफूले भनेका अनुचित व्यापार असन्तुलनहरूलाई सम्बोधन गर्न यस हप्ता थप करहरू घोषणा गर्दा व्यापारिक साझेदारहरूप्रति ‘धेरै दयालु’ हुने बताउनुभएको छ ।