एक समय थियो, जब डायरीका पानामा साथीभाइ, आफन्तजन र प्रियजनका माया मिसिएका शब्द कोरिन्थे, तिनै पानामा फोटो टाँसिन्थे, अनि जीवनका अविस्मरणीय क्षण अक्षरमा कैद गरिन्थ्यो ।
अभिनेता राजेश हमालले कलाकारको उमेर कति पुग्यो र उहाँसँग जोडी बाँध्ने कलाकारको उमेर कति अन्तरको छ भन्ने विषयमा चर्चा गर्नुभन्दा पनि कलाकारलाई त्यो पात्रमा कतिको सुहाएको छ भन्ने चर्चा हुनु आवश्यक रहेको बताउनुभएको छ ।
सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत बुधबार दोस्रो दिन खरना पर्व मनाइँदै छ । धार्मिक विधिपूर्वक सम्पूर्ण मिथिलाञ्चलमा मङ्गलबारदेखि सुरु भएको चैती छठ पर्वको आज दोस्रो दिन साँझपख मिथिलाको घरघरमा कूल देवताको पूजा गर्दै भगवान सूर्य देवता र छठी मातालाई छठ पर्व स्वीकार गर्नका लागि आगमनको निम्तो दिएर खरना पर्व मनाउन लागिएको जलेश्वर नगरपालिका–१ स्थित जलेश्वरनाथ महादेव मन्दिरका सहायक पूजारी कामेश्वर पाठकले बताउनुभयो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चूडामणि चापागाईं नियुक्त हुनुभएको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले चापागाईंलाई नेप्से सिइओमा नियुक्त गरेको हो ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले प्रदेशमा स्थापना भएका साना तथा मझौला उद्योगलाई प्रदेश सरकारले संरक्षण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति नियमित भएको भन्दै फेडेरेसन अफ नेपाल एक्सपोर्ट एसोसिएसनले खुसी भएको जनाएको छ ।
नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अनुसार रामेछाप जिल्लामा दैनिक पाँच हजार लिटर दुध उत्पादन हुने गरेको छ तर बजारमा खपत भने उत्पादनको ५० प्रतिशत मात्रै भइरहेको छ ।
थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका थाइ समकक्षी पे थोङ् थान् शिनावातबिच बुधबार भेटवार्ता हुँदैछ ।
सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले यस वर्ष किसानबाट खरिद गरेको सम्पूर्ण उखुको भुक्तानी दिएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ४६ पैसा र बिक्रीदर १३७ रुपियाँ ०६ पैसा कायम भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कार्यान्वयनयोग्य र यथार्थपरक कार्यक्रम तथा योजना ल्याउनुपर्ने बताउनुभएको छ ।
वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेटस् (युएई) मा गएर विभिन्न कसुरमा जेल सजाय भोगिरहेका १६६ नेपाली श्रमिकले आममाफी पाएका छन् ।
सिमेन्टको मूल्य प्रतिबोरा २५ रुपियाँसम्म घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्टको मूल्य बढ्नुको कारणसहितको विवरण पेस गर्न निर्देशन दिएको एक साताभित्रै सिमेन्ट उद्योगीले मूल्य घटाएका हुन् ।
स्थानीय बजारमा प्रतितोला सुनको मूल्य एक लाख ८० हजारनजिक पुगेको छ । सोमबार प्रतितोला एक लाख ७७ हजार नौ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य मङ्गलबार तोलामा एक हजार आठ सय रुपियाँले बढेर एक लाख ७९ हजार सात सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।