सिराज खान नेपालगन्ज, चैत २१ गते । बाँके राष्ट्रिय निकुञ्जको खड्गवार हात्तीसारमा गणेशगज नामको हात्तीले आक्रमण गर्दा हात्तीको स्याहारमा खटिएका माउतेको मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–९ घर भई बाँके राष्ट्रिय निकुञ्जको फणित पदमा कार्यरत अन्दाजी ४५ वर्षका आशाराम थारुको घटनास्थलमै मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताउनुभयो । उहाँका अनुसार खड्वार हात्तीसारमा बुधवार राती घाँस, दाना हाल्ने क्रममा १८ वर्षको गणेशगज नामक हात्तीले थारुलाई आक्रमण गरेको हो । वरिष्ठ संरक्षण अधिकृत कँडेलले भन्नुभयो–‘हात्तीले पहिला सूँडले हानेर माउतेलाई पछार्यो, त्यसपछि किचेर मार्यो ।’ बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार थारुले २०७३ सालदेखि खड्गवारमा उक्त हात्तीको स्याहार गर्दै आउनुभएको थियो । बाँकेमा २०७३ सालमा यिनै थारुले गणेशगजलाई बर्दियाबाट लिएर आउनुभएको थियो । ‘हात्तीलाई मात चढ्यो भने आक्रमण गर्छ, केही दिन देखिहात्तीको मात चढेको सङ्केत देखिरहेको थियो,’ निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत कँडेलले थप्नुभयो ‘मात चढेपछि रिसाउने र आक्रमण गर्ने सम्भावना हुन्छ ।’ हात्तीको आक्रमणबाट मृत्यु भएका थारुको शव नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा राखिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उहाँको शव पोस्टमार्टम पश्चात् परिवारलाई बुझाउने प्रहरीले जनाएको छ । माउते थारुलाई आक्रमण गर्ने हात्तीलाई अहिले नियन्त्रणमा राखिएको बाँके निकुञ्जले जनाएको छ । ‘हात्तीमा मात चढेको हुँदा यसलाई कन्ट्रोल गरेर मात्रै राख्न सक्छौँ,’ संरक्षण अधिकृत कँडेलले भन्नुभयो । गणेशगजले यसअघि पनि माउतेलाई आक्रमण गरेको तर त्यस बेला उनी जोगिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।
चैते धानखेती गर्ने शुक्लाफाँटा नगरपालिका–१० का छ जना किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर उपलब्ध गराइएको छ ।
मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको ट्र्याक खुल्ने चरणमा पुगेको छ ।
बागमती प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने प्रदेश सरकारको निर्णयको प्रदेश सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलले विरोध जनाएका छन् ।
दुवै आँखा नदेख्ने ९२ वर्षकी नरलक्षी राई, ७२ वर्षकी देवलक्षी राई र ६८ वर्षकी वीरकन्या राईको आँखाको ज्योेति फर्किएको छ । खोटाङको हलेसीमा आयोजना गरिएको आँखा उ
आफू ‘लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो’ भनी सामाजिक सञ्जाल व्हाट्सएप मार्फत पाँच करोड भारतीय रुपियाँ फिरौती माग गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।
पछिल्लो समय जातीय परम्परा र कला संस्कृति झल्काउने परम्परगत रूपमा चलिआएका पुरातात्त्विक वस्तु संरक्षण गर्न सङ्ग्रहालय बनाउने गरिएको छ । कतिपय ठाउँमा पुरातात्त्वि
भानु नगरपालिका–१२ कवाचितस्थित रूप एन्ड अर्गानिक एग्रो फार्मले रैथाने खाद्यान्नको ‘ब्रान्डिङ’ गरी ‘भानुको अनदीको खट्टे’ उत्पादनमा जुटेका छन् । अनदीको चामललाई प्रवद्र्धन र आम्दानीसँग जोड्ने उद्देश्यले फार्मले भानुको अनादीको खट्टे बजारमा ल्याएको हो ।
“आज हजुरबाको बर्थ डे भव्यसँग मनाउनु पर्छ”
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
कञ्चनपुर, चैत २१ गते । कञ्चनपुरको लालझाडी गाउँपालिका चानदेवका किसानका खेतमा आहारको खोजीमा बसेका भूमिचर नीलकण्ठ चरा । धापिलो झाडी, नर्कट, अग्ला घाँसहरु भएको क्षेत्रमा वासस्थान भएको यो चरा कहिलेकाहीँ वन क्षेत्र नजिकको खेतबारीमा आहाराका लागि आउने गर्दछन् । तस्बिरः रासस
मनाङ, चैत २१ गते । मनाङ ङिस्याङ गाउँपालिका–५ मुङ्जेस्थित खेल मैदानमा चर्दै गरेका याकचौँरी । खेतीपाती थन्काएपछि खर्काबाट गाउँ ल्याएका याकचौँरी माथि खर्कतिर लैजाने गर्दछन् भने जिल्लाभर चार हजार ८५३ वटा याकचौँरी छन् । तस्बिरः रासस
म्याग्दी, चैत २१ गते । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार । तस्बिरः रासस
दाङ, चैत २१ गते । दाङको घोराही उपमहानगरपालिका १८ स्थित घोरदौराका स्थानीय घरदेखि एक घण्टा टाढाबाट मूलको पानी ल्याउँदै । तस्बिरः रासस
चितवन राष्ट्रिय निकुञ्ज का मध्यवर्ती क्षेत्रका युवालाई स्वरोजगार बनाउन सिपमूलक तालिम प्रदान गरिएको छ । संरक्षणसँग सम्बन्धित काम गर्दै आएको तराई भूपरिधि परियोजना