बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाबिच बिहीबार भेटर्वार्ता भएको छ ।
चिकित्सकीय लापरबाहीका कारण दुई महिनाअघि एक बिरामीको मृत्यु भएको घटनाका पीडितले न्यायका लागि मोरङ जिल्ला अदालतमा मुद्दा दायर गर्नुभएको छ ।
राष्ट्रिय खाद्य बैंक लिमिटेड काठमाडौंले बिहीबार राजविराजमा स्थानीय सरकार प्रमुख तथा सरोकारवालाहरुसँग अन्तक्रिया गरेको छ ।
सर्लाहीको चुरेपाखाका वनमा फैलिएको डढेलोले क्षति पुर्याउन थालेको छ । केही दिनदेखि जिल्लाको चुरेवर्ती विभिन्न सामुदायिक वनमा डढेलो फैलिएको स्थानीयले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डको एसियन इस्न्टिच्युट अफ टेक्नोलोजी (आएटी) मा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास गर्नुपरेको बताउनुभएको छ ।
बालिमा युरिया मल लगाउने मुख्य समयमा नै कृषकले मल नपाउँदा मोरङका कृषक चिन्तित बनेका छन् । मकै खेतीका लागि युरियामल लगाउने मुख्य समय रहेको र चैते धान रोपाइँको पनि सुरुवात हुँदासम्म कृषकले पर्याप्त मात्रामा मल पाउन सकेका छैनन् ।
कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ एवम् बहुमूल्य शिला शालिग्रामको संरक्षणका लागि श्रीगजेन्द्र मोक्षनारायण–मुक्तिनाथ रथयात्रा मुस्ताङ प्रवेश गरेको छ ।
सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले स्याङ्जाको वालिङमा रहेको सरस्वती माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको शुभारम्भ गर्नुभएको छ ।
मिथिलाञ्चलको महापर्व चैती छठको अवसरमा जनकपुरधामका प्रमुख सरोवरहरूमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ । चार दिवसीय छठ महापर्वको पहिलो दिन ‘नहाय खाय’ दोस्रो दिन ‘खरना’, तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गर्ने र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने परम्परा रहेको छ ।
‘बायोकम्प नेपाल’ले ‘पीपल इन नीड’ र ‘क्लिन अप नेपाल’सँगको साझेदारीमा काठमाडौँ उपत्यकाका १६ नदी र खोला सरसफाइ अभियानमार्फत १४३ दशमलव ५५ मेट्रिक टन फोहर सङ्कलन गरेको छ ।
हुम्ला र बाजुरा जिल्लाको सिमानामा रहेक दुबै जिल्लाका बस्ती पहिरोको उच्च जोखिममा छन् ।
म्याग्दीको बेनीमा निर्माणधिन ५० शय्या क्षमताको प्रदेश अस्पताल बेनीको भवन निर्माण अन्तिमचरणमा पुगेको छ । ठेक्का सम्झौता मितिभन्दा साढे पाँच वर्ष ढिला गरी भवन निर्माण सम्पन्न हुन लागेको हो ।
मकवानपुरको भिमफेदीमा भिरबाट लडेर बिहीबार बिहान एकजनाको मृत्युु भएको छ । मृत्यु हुनेमा भिमफेदी गाउँपालिका –१ नयाँगाउका ४९ बर्षिय अकिलबहादुर पाख्रिन रहेका छन् ।
पश्चिम बागलुङको तमानखोला गाउँपालिकामा घाँस काट्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
लक्ष्य अनुसार राजश्व सङ्कलन नभएपछि यातायात व्यवस्था कार्यालय नवलपुरले अभियान सञ्चालन गरेको छ । चालु आर्थिक वर्षभित्र ३५ करोड रुपियाँ राजश्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो ।