प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिमस्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा गहिरोसँग प्रतिध्वनित हुने बताउनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्नका लागि आवेदन आह्वान गरेको छ ।
दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक–योललाई छोटो समयका लागि मार्शल ल लगाएकोमा महाभियोग लगाउने राष्ट्रियसभाको प्रस्तावलाई समर्थन गरेको छ ।
नेपाली कांग्रेसका सांसद एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मेहनतबाट नै देश निर्माण हुने बताउनुभएको छ ।
जङ्गली भालुको आक्रमणबाट बर्दिवासका एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बर्दिवास नगरपालिका–३ पाटुका ५१ वर्षीय जिस्नुप्रसाद दुलाल रहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
दैनिक उपभोग्य वस्तु तथा औषधी पसलहरूमा विगत बर्सहरूमा झैँ यो वर्ष पनि जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमन गरेको छ ।
टोपलाल अर्यालरेसुङ्गा, चैत २२ गते । गुल्मी जिल्लामै दर्जनौँ विकास योजना निर्माण व्यवसायीले काम नगरेर अलपत्र छन् । तर समयमै काम गर्ने निर्माण व्यवसायीलाई सरकारले पुरस्कार र ऊर्जाको सट्टा मानसिक र आर्थिक दण्ड दिइरहेको पाइएको छ । त्यसको उदाहरण रेसुङ्गा नगरपालिका–९ का निर्माण व्यवसायी विजय खनाल हो । उहाँले धेरै योजनाहरू समयमै गरे पनि पैसा नपाएर पीडित हुनुहुन्छ । देशभर १५ शय्याको अस्पताल निर्माणको अभियान चलेपछि विभिन्न स्थानीय सरकारले अस्पतालको टेन्डर खोले । निर्माण व्यवसायी खनालले आर्थिक वर्ष ०७७/०७८ मा बिकेओआइ–अर्जुन–न्यु लिजा जे.भी मार्फत गुल्मी दरबार काम गर्नुभयो । उहाँले जिल्लामा सबैभन्दा छिटो अस्पताल बनाएपछि गुल्मी दरवारको सवैतिर चर्चा भयो । तर निर्माण व्यवसायी खनालले सम्झौता अनुसारको रकम पाउनु भएन । श्रोत, साधन नभएपछि लामो समय अस्पताल निर्माण भएर पनि अलपत्र बन्यो । अहिले दुई महिनादेखि पालिकाले आधारभूत अस्पताल सञ्चालन गरेको छ । निर्माण व्यवसायीले आफूले पाउनुपर्ने रकम ७४ लाख ४६ हजार ९५ रुपियाँ पालिकाले नदिएपछि दर्दनाक पत्र पठाउनु भएको छ । पालिकाले अस्पतालबाट सेवा दिन थाले पनि सम्झौता अनुसारको बाँकी पैसा नदिएका कारण आर्थिक अवस्था निकै बिग्रेको, मानसिक तथा नैतिक समस्यासँगै रोगहरू समेत लागेको निर्माण व्यवसायी विजय खनालले पत्रमा लेख्नु भएको छ । ‘पैसाको कारण मानसिक र नैतिक रूपमा कमजोर र रोग समेत लागेका छन् । पैसाको लागि पालिकादेखि मन्त्रीसम्म गुहार मागे पनि काम लागेन,’उहाँले भन्नुभयो,‘ यही कारण म बाट केही भए कार्यालयले सबै जिम्मेवारी लिनुपर्नेछ ।’ अस्पताल निर्माणको पैसा स्वास्थ्य मन्त्रालयबाट नआएका कारण आफूहरूलाई भुक्तानीमा समस्या परेको गुल्मी दरवार गाउँपालिकाका योजना शाखा प्रमुख टङ्क पन्थीले बताउनुभयो । उहाँले गत वर्ष पालिकाले केही पैसा बिनियोजन गरेर निर्माण व्यवसायीलाई दिए पनि अब अवस्था नरहेको बताउनुभयो । निर्माण व्यवसायी खनालले गुल्मीको अग्लुङ्ग फेदी खोला पुल चार महिनामै निर्माण गर्नुभयो । गुल्मीको पञ्चमी पोखरी–अग्लुङ्ग हुँदै प्युठान जोड्ने सडकमा पुल चार महिनामै निर्माण गरे पनि भौतिक पूर्वाधार कार्यालयले साढे दुई करोड रकम दिएको छैन । आफूले निर्माण गर्ने ९९ प्रतिशत योजनामा म्याद थप नगरेको खनालले बताउनुहुन्छ । तर, काम गरेको पैसा समयमै नपाउँदा निकै पीडा बोकेर हिँड्नु परेको उहाँको गुनासो छ । खनालले गुल्मी र पाल्पाबाट समयमै काम गरेका योजनाको १२ करोड बढी रकम पाउनुपर्ने रहेको दाबी गर्नुभयो । सडक पूर्वाधार कार्यालय गुल्मीका इन्जिनियर सचिदानन्द चौधरीले गत र अहिले गरेर निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने ३८ करोड दायित्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पुँजीगत बजेट खर्च नगरे पनि सुख छैन ।’’ ‘‘समयमै काम गरे निर्माण व्यवसायीले रकम पाउँदैनन्,’’ चौधरीले भन्नुभयो, ‘‘गत वर्ष भौचर काटेको १२ करोड प्रदेशबाट भुक्तानी भएन ।’’ यो वर्ष सडक पूर्वाधार कार्यालयमा २१३ योजना रहेका छन् । योजना धेरै बजेट कम भएका कारण कार्यालय सङ्कटमा रहेको छ ।
नेपालमा रहेका घुम्नुपर्ने ठाउँमध्ये छाब्दीवाराही पनि एक हो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
नेपाली संस्कृतिमा प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमालाई फागु अर्थात् होली पर्व मनाइन्छ ।
“बाबा, बाबा ! ऊ त्यहाँ पर रातो रातो के बलिरहेको छ, हेर्नुस् त ।” निकै परको जङ्गलमा लगातार बलिरहेको आगोको मुस्लोतिर देखाउँदै वनमुसोको जेठो छोराले सोधे ।
बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सुरु भएको छ ।
कुशल र आरोग्य मिल्ने साथी हुन् । दुवै जना एउटै विद्यालयमा कक्षा ४ मा पढ्छन् । एकदिन उनीहरू विद्यालयबाट घर फर्कंदा भएको कुराकानी– कुशल– आरोग्य तिमी सन्चै छौ ?
काम सकिएको दुई वर्ष बितिसक्दासम्म पनि आफूहरूले पाउनुपर्ने २१ लाख रुपियाँभन्दा बढी रकम नपाएको भन्दै मजदुरहरूले ठेकेदारको गाडी रोकेर रातभर जाग्राम बसेका छन् ।
गण्डकी प्रदेश सरकारको लागत सहभागितामा तनहुँको एक पालिकाले पर्यटकलाई आकर्षित गर्न कृत्रिम ताल निर्माण गरिरहेको छ ।