भानुभक्त प्राणी उद्यानबाट प्रभावित स्थानीयवासीले चार वर्ष बित्नै लाग्दा पनि मुआब्जाबापतको रकम पाउन सकेका छैनन् । व्यास नगरपालिका–११ र १२ तथा भानु नगरपालिका–५ र ६ क्षेत्रका १४२ जनाले मुआब्जा रकम पाउन नसकेका हुन् । उद्यानबाट प्रभावित स्थानीयवासीलाई मुआब्जा वितरणका लागि चार वर्षअघि मुआब्जा निर्धारण समितिले मुआब्जा निर्धारण गरिसकेको थियो । प्राणी उद्यानका लागि आवश्यक पर्ने जग्गा रोक्का हुँदा प्रभावितले बेचबिखन गर्न पाइरहेका छैनन् ।
दाङको बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित मातहतका शाखामा ताला लाग्दा विगत दुई महिनादेखि प्रशासनिक तथा शैक्षिक गतिविधि ठप्प भएका छन् । विश्वविद्यालयमा भएको आर्थिक अनियमितताको छानबिन गर्नुपर्ने, केन्द्रीय आयुर्वेद विद्यापीठमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मकका लागि अस्पताल निर्माण गर्नुपर्ने, छात्रवृत्तिलगायतका माग राख्दै तीन विद्यार्थी सङ्गठनले आन्दोलनको घोषणा गरेका छन् । त्यसै गरी कर्मचारी बढुवा, सुरुवा नियमसङ्गतसँगै अनियमितताको विषय उठाउँदै आंशिक प्राध्यापक र कर्मचारीसमेत गरी असार २ गतेयता विश्वविद्यालयमा चार वटा ताला लगाएका छन् । विश्वविद्यालयमा ताला लाग्दा कर्मचारी आँगनमा रहेको प्रतीक्षालयमा हाजिरी गरेर घर फर्किने गरेका छन् ।
आयातित जनै लगाउन निरुत्साहित गर्ने उद्देश्यले तानसेनमा जनै बनाउन सिकाइएको छ । नयाँ र युवा पुस्ताका विद्यार्थीलाई जनै बनाउन सिकाइएको छ । जिल्लामा क्रियाशील ब्राह्मण समाज पाल्पाले मेसिनबाट बनेको जनै लगाउन निरुत्साहित गर्ने उद्देश्यले इच्छुक नयाँ पुस्तालाई जनै बनाउन सिकाएको हो ।
गुल्मीमा करोडौँ मूल्य पर्ने सरकारी नम्बर प्लेटका गाडी प्रयोगविहीन अवस्थामा यसै थन्किएर बसेका छन् । जिल्ला समन्वय समिति गुल्मीको परिसरमा रहेका करोडौँ मूल्य पर्ने चार वटा ल्यान्डरोभर कम्पनीका गाडी र गुल्मी अस्पतालका बिरामी बोक्ने दुई वटा एम्बुलेन्स लामो समयदेखि आफैँ बिरामी भएर थलिएका छन् । यसै गरी जिल्लामा सरकारी कार्यालय र स्थानीय तहमा गरी ३८ वटा मोटरसाइकल प्रयोगविहीन अवस्थामा छन् ।
म्याग्दीका विभिन्न बाराही मन्दिरहरुमा सोमबार बिहानैदेखि पूजाआजा र दर्शनका लागि तिर्थालु, भक्तजन एवम् धार्मिक पर्यटकहरुको घुइँचो लागेको छ ।
मुलुकमा कृषि व्यवसायमा आश्रित जनसङ्ख्या बर्सेनि घट्दो क्रममा छ । विसं २०४८ को कृषि गणनामा ८१ प्रतिशत जनसङ्ख्या कृषि पेसामा संलग्न देखिएकोमा २०७८ मा आइपुग्दा ५० प्रतिशतमा झरेको राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको छ । बसाइँसराइ, सहरीकरण, वैदेशिक रोजगारीलगायतका कारणले कृषिमा आश्रित जनसङ्ख्या घट्दो क्रममा भएको तथ्य जगजाहेर छ । अर्कोतर्फ कृषि उपजबाट आम्दानी हुनुका सट्टा लागत पनि नउठ्ने भएपछि खेती किसानीमा दुःख गर्नुको औचित्य नभएको भुक्तभोगी किसानले बताउँदै आएका छन् । उत्पादनमा समस्या भएकै कारण दैनिक उपभोग्य वस्तु आयातमै वार्षिक अर्बौं रुपियाँ बिदे
जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान एवम् पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ । समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा सो अवस्थित पवित्र तीर्थस्थल छ ।
विचार तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्रमुख गहना हो । यस्तो किसिमको स्वतन्त्रता प्रयोग गरेर नै नागरिकले लोकतन्त्रमा सक्रिय सहभागिता जनाएका हुन्छन् । यो भनेको नागरिकले सार्वजनिक सरोकारका निकाय मात्र होइन, आफूले मत दिएर जिताएका जनप्रतिनिधिले कस्तो काम गरेका छन् भनेर जान्न पाउने हक पनि हो । त्यसैले सार्वजनिक सरोकारवाला निकाय र आफ्ना जनप्रतिनिधिले गरेका कामका सम्बन्धमा जान्न, आलोचना गर्न र खबरदारी गर्न पाउनु हरेक नागरिकको हक हो । यसरी राज्यले नागरिकलाई स्वतन्त्रता दिनु पछाडिको प्रमुख कारण भनेको राज्यको तहबाट हुने जति पनि निर्णय र गतिविधि छन् त्यसमाथि नागरिकले
जिल्लामा चार सय ६८ हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ । जिल्लाका साझेदारी, सामुदायिक र धार्मिक वन क्षेत्रमा स्थानीयवासीले खेतीपाती तथा घरटहरा निर्माण गरेका छन् ।
नेपालमा सूचनाको हकसम्बन्धी ऐन लागु भएको दिनलाई ‘राष्ट्रिय सूचना दिवस’ का रूपमा मनाउने गरिएको छ । आजभन्दा १७ वर्षअगाडि विसं २०६४ साउन ५ गते तत्कालीन अन्तरिम संसद्बाट यो ऐन पारित भएको थियो । सूचनाको हकसम्बन्धी ऐन लागु भएको लगभग दुई दशक पुग्नै लाग्दा पनि सूचनामा नागरिकको पहुँच भने फितलो छ । पारदर्शिता, खुलापन, जवाफदेही र उत्तरदायी जस्ता विषय लोकतान्त्रिक राज्य प्रणालीका मेरुदण्ड हुन् । लोकतन्त्रका लागि यी विषय मुख्य सर्त नै हुन् । सार्वजनिक निकायमा पारदर्शिता, जवाफदेही र उत्तरदायी कायम गराउने उद्देश्य बोकेर हिँडेको सूचनाको हकलाई विश्वव्यापी मान्यताका रूपमा लोकतन्त्रको प्रमुख आधारशिला मानिन्छ । यसरी विश्वभरि
नेपाल प्राचीनकालदेखि नै विभिन्न देवालय, शिवालय, मठ, मन्दिर, चैत्य, गुम्बा, पाटी, धर्मशाला, अनाथालय, पाकशाला आदिले भरिपूर्ण देशको रूपमा चिनिँदै आएको छ । यस किसिमका धार्मिक, सांस्कृतिक, शैक्षिक, सामाजिक, परोपकारी र स्वास्थ्यसम्बन्धी धरोहरहरूको स्थापना, निर्माण र सञ्चालन/व्यवस्थापनमा राज्य र निजीस्तरबाट समेत महìवपूर्ण कार्यहरू हुँदै आएका छन् । देवालय, शिवालयलगायतका धार्मिक प्रतिष्ठान खडा गर्ने, तिनको रेखदेख र सञ्चालन गर्ने, दीर्घकालसम्म सञ्चालन र
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको संस्थागत विकास तथा सुशासनको प्रवर्द्धनका निम्ति राज्यको काम कारबाही र सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने उल्लेख गर्नुभएको छ ।
संस्कृतमा यज्ञोपवीत नामले चिनिने जनै धारणलाई विशेष महत्व दिइन्छ । ज्ञान, कर्म, रक्षा एवं स्नेहको प्रतीक जनै पूर्णिमाका दिन धारण गरिने भएकाले यसलाई ऋषितर्पणी, ऋषिपूर्णिमा पनि भनिन्छ । जनैलाई एउटा पवित्रताको प्रतीक मानिएको छ, जसको धार्मिक, सांस्कृतिक महत्व रहेको छ । जनै धारण गर्दा र रक्षाबन्धन बाँध्दा शरीरको रोगव्याध निको हुने र रक्षा पनि हुने विश्वास छ । यसदिन दिदीबहिनीले दाजुभाइको रक्षार्थ स्नेहपूर्वक नाडीमा ‘राखी’ बाँध्ने चलन सर्वत्र छ, जसले आपसी सम्बन्धलाई पनि प्रगाढ बनाउँछ । दाजुभाइको आयु, आरोग्य र मङ्गल कामना गर्ने राखीले तिहारकै झल्को दिने गर्छ । पवित्र गायत्री मन्त्र उच्चारण गरी
जनैपूर्णिमामा भद्रा भएकाले रक्षाबन्धन गर्न दोष लाग्छ कि लाग्दैन भन्ने बहस चलिरहेका बेला भद्राको दोष नलाग्ने ज्योतिष शास्त्रका विद्वानहरुले तर्क पेस गर्नुभएको छ ।
महोत्तरीको गौशाला बजारमा मालपोतले सेवा दिन थालेको साता दिनपछि नापी कार्यालय पनि सञ्चालन हुन थालेको छ । गौशाला नापीका पहिला सेवा