रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका ३ स्थित चार हजार चार सय ३५ मिटरको उचाइमा रहेको सुनदह । यो ताल जिल्लाको सबैभन्दा ठूलो ताल भएपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाको चार हजार पाँच सय मिटरभन्दा माथि बुकिमा चर्दै गरेका घोडा, खच्चड ।
बाँसको लिङ्गो, केराको खम्बा ! नुहाउन आयौँ देउताको धाममा !! जै हर हर, जै हर हर ! रक्षा गर, क्षमा गर !! पानफूल दियौँ, पानफूल खाउ है ! सयौँ वर्षको आयुत्रा देऊ है !! सै राजा सै सै, सै रानी सै सै...
बाजुराको बुढीगङगा नगरपापालिकाको-१० को बदेडा र बाहुन गाउँको बिचमा पर्ने राम हेर्ने डाँडाले आन्तरिक पर्यटक लोभ्याउँदै गएको छ ।
जिल्लाको मटिहानीस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रूपमा मनाइने झुलनोत्सव पर्व आज बिहान सम्पन्न भएको छ ।
समाजमा बढ्दै गएको आधुनिकताका नाममा पछिल्लो समयमा विभिन्न समुदायका पुर्ख्यौली पेसाहरू नै लोप हुन थालेका छन् । परम्परागत सीप बिक्न छाडेपछि पुर्ख्यौली पेसासँगै विभिन्न ठाउँका मौलिकता नै सङ्कटमा पर्न थालेको देखिएको हो ।
सामान्यतया स्याउ चिसो मौसम अर्थात् हिमाली भेगमा मात्र फल्ने फल हो । तर नवलपुरको प्रचण्ड गर्मीमा स्याउ फल्न थालेको छ ।
बाँकेको नरैनापुर ५ स्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । सो मन्दिरका बारेमा विभिन्न माध्यमबाट नेपाल र भारतका सर्वसाधारणलाई जानकारी प्राप्त हुन थालेपछि त्यहाँ पुग्ने नेपाल र भारतका दर्शनार्थीहरुको सङ्ख्या अत्यधिक बढेको हो ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘सिटीस्क्यान’ ’ सेवालिन पालो कुर्नुनपर्ने भएको छ । दैनिक ६० देखि ७० बिरामीको सिटीस्क्यान हुने सो अस्पतालमा सो सेवा लिन विगतमा एक साता पालो कुर्नुपर्दथ्यो ।
किरात राई समुदायअन्तर्गत पर्ने वाम्बुले राईहरूले आफ्नो महान् चाड ढ्वाङकुम सोमबार भव्यताका साथ मनाइरहेका छन् । खासगरी ओखलढुङ्गा र खोटाङ मूल थातथलो भएका वाम्बुले राईहरूले नयाँ अन्नबाली पितृ पुर्खा लिब्जु बाजेलाई चढाउँदै ढ्वाङकुम मनाउने गर्छन् ।
गाजामा युद्धविरामका लागि दबाब दिन इजरायल पुगेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युद्ध अन्त्यका लागि जारी वार्ता सहमतिमा पुग्ने ‘सम्भवतः अन्तिम’ अवसर भएको बताउनुभएको छ ।
नवलपुरका विभिन्न स्थानमा भएको रक्तदान कार्यक्रममा नौ सय १६ युनिट रगत सङ्कलन भएको छ । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३४ औँ वार्षिकोत्सवको अवसरमा पाँच स्थानमा भएको रक्तदान कार्यक्रममा सो रगत सङ्कलन भएको संस्थाका व्यवसाय विकास विभाग प्रमुख मदन सापकोटाले बताउनुभयो ।
वन्यजन्तुका कारण काभ्रेपलान्चोकका चार सय ५७ किसानको बालीमा क्षति पुगेको छ । एक वर्षको अवधिमा जिल्लाका १३ स्थानीय तहमध्ये सात तहका किसान वन्यजन्तुबाट पीडित बनेको तथ्याङ्कले देखाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल रहेको जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी निर्देशक दीपकबहादुर बुढाथोकीसहित ६ जनाको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।