न्याय सम्पादनमा स्थानीय तहका न्यायिक समितिहरू प्रभावकारी देखिएका छन् ।
चारैतिरबाट कर्णाली नदीले घेरिएको भौरा टापुसँग जोडिने पुल निर्माण भएपछि अहिले त्यो क्षेत्रको मुहार नै परिवर्तन भएको छ ।
मदन भण्डारी राजमार्गको रिडी तम्घास सडकखण्ड एक महिना पूर्ण रूपमा बन्द हुने भएको छ ।
सरावल गाउँपालिकाको केन्द्र जोड्ने पहुँचमार्गको निर्माण पूरा हुन नसक्दा यात्रुलाई समस्या भएको छ । परासी–नारायणचोक हुलाकी सडकखण्डको भिमटाँडीदेखि सरावल गाउँपालिकाको केन्द्रसम्म पुग्ने जम्मा दुई किमी १०० मिटर लामो सडकको काम चार वर्ष पूरा हुन लाग्दा पनि पूरा भएको छैन ।
नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले भूमिहीनका समस्या समाधान गर्ने दाबी गर्नुभएको छ ।
जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–१ की सबिना बुढामगरलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । गर्भावस्थामा अत्यधिक रक्तस्राव भएका कारण उहाँलाई हेलिकोप्टरबाट उद्धार गरिएको हो । सुत्केरी हुने धेरै समयअगाडि नै अत्यधिक रक्तस्राव भएपछि उहाँलाई जिल्ला अस्पताल कालीकोटमा भर्ना गरिएको थियो ।
वायु प्रदूषणका कारण काठमाडौँ उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ कोे तथ्याङ्क हेर्दा बिहीबार मध्याह्नसम्ममा पनि पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भई वायु प्रदूषण ३४८ एक्युआईसम्म पुगेको थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वाम्बुले भाषा
पच्चीसौँ टेष्टीटेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि धरान–१४ ले जितेको छ ।
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा लोपोन्मुख रातोहाब्रे (रेडपान्डा)को संरक्षणमा चुनौती बढ्दै गएको छ । रेडपान्डाको बासस्थान नासिँदै गएपछि संरक्षणमा चुनौती बढेको हो ।
वन डढेलो लाग्न नदिनका लागि डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएको छ । कार्यालयले डढेलो नियन्त्रणका लागि कर्मचारी, दमकल, ट्रयाक्टरलाई चौबीसै घण्टा तयारी अवस्थामा राखेको छ ।
बङ्गुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बङ्गुर जोन कार्यक्रममार्फत बङ्गुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको हो ।
काठमाडौँ महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनमा घुम्ती खाद्य प्रयोगशाला सञ्चालन थालेको छ ।
काठमाडौँ, चैत २२ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको बताउनुभएको छ ।तमोर इनर्जी प्रालिले ताप्लेजुङको तमोर नदीमा निर्माण गर्न लागेको २८५ मेगावाटको जलविद्युत् केन्द्रमा प्रयोग गरिने टनेल बोरिङ मेसिनबारे चाइना रेल्वे इञ्जिनियरिङ कम्पनीसँग गए राति आयोजित हस्ताक्षर समारोहमा मन्त्री खड्काले निजी क्षेत्रलाई अगाडि बढाएर सरकारले ऊर्जा क्षेत्रको विकास गर्न चाहेको बताउनुभएको हो ।“सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माण गर्ने र निजी क्षेत्रबाट धेरैभन्दा धेरै कर लिएर मुलुक समृद्ध बनाउन चाहन्छ, निजी क्षेत्रलाई साथमा लिएर मुलुक समृद्ध हुन्छ भनेर हामीले द्रुत गतिमा अध्यादेशमार्फत कानुन ल्याएका हौँ”, उहाँले भन्नुभयो ।मन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उक्त लक्ष्यलाई पूरा गर्न टनेल बोरिङ मेसिनजस्ता प्रविधिबाट मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्रोतको प्रयोग गरेर जलविद्युत् केन्द्र निर्माण गर्दैगर्दा स्थानीयस्तरमा रोजगारी समेत सिर्जना हुने बताउनुभयो ।“स्रोतमाथिको अधिकार सबै नागरिकको बराबर हुन्छ, विपन्न वर्गले पनि स्रोतको उपयोग गर्न पाउनुपर्छ भनेर सरकारले गरिब तथा विपन्न वर्गका लागि जलविद्युत् आयोजनालाई धरौटी राखेर रु दुई लाखदेखि रु पाँच लाखसम्मको शेयरको व्यवस्था गर्न लागेको छ, यसमा निजी क्षेत्र पनि आबद्ध हुनुपर्छ”, मन्त्री खड्काले भन्नुभयो । एउटा वर्ग र समुदाय धनी भएर मुलुक समृद्ध बन्न नसक्ने उहाँको भनाइ थियो ।भारत र चीनको बीचमा रहेको नेपालले दुवै देशका लगानीकर्तालाई भित्र्याएर फाइदा लिनुपर्ने मन्त्री खड्काले उल्लेख गर्नुभयो । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले २०४६ सालको परिवर्तनपछि सरकारले लिएको नीतिका कारण ऊर्र्जा क्षेत्रको विकास तीव्र गतिमा भइरहेको बताउनुभयो । नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उहाँले उल्लेख गर्नुभयो ।सचिव भट्टराईले तमोर आयोजनाको निर्माणसँगै ताप्लेजुङ जिल्ला, सिङ्गो कोशी प्रदेश र मुलुकलाई नै फाइदा हुने बताउनुभयो ।तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले नेपालमा वर्तमान समयमा भइरहेको लोडसेडिङ अन्त्यका लागि यो आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।आगामी चार वर्षभित्र सक्ने लक्ष्यका साथ उक्त आयोजना रु ५१ अर्ब लगानीमा निर्माण हुन लागेको हो । जसमा रु १२ अर्ब लगानीकर्ता, रु आठ अर्ब पब्लिक शेयर, रु २९ अर्ब बैंक तथा वित्तीय संस्थाबाट र बाँकी रु दुई अर्ब बत्ती बलेपछि भुक्तानी गर्ने गरी लगानी जुटाइएको छ ।चाइना रेल्वे इञ्जिनियरिङ कम्पनीका प्रतिनिधि लु सियारुङले सबैको साथ र सहयोग लिएर उक्त आयोजनालाई समयमै सम्पन्न गरिने बताउनुभयो । उहाँले नेपालको आर्थिक विकासमा आफ्नो कम्पनीले निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो । उक्त कम्पनीले हालसम्म एक सयभन्दा बढी जलविद्युत् आयोजना निर्माण गरिसकेको छ । रासस
जनकपुरधामलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठपर्व हर्सोल्लासका साथ सम्पन्न भएको छ ।