बल्खु निवासी राजेश ठकुरीले २८ वर्षको उमेरमा पनि जन्मदर्ता गर्न र नागरिकता बनाउन सक्नुभएको छैन ।
नेपाल सरकारले आन्दोलनका नाममा हुने अराजक गतिविधिमा संलग्न नहुन आमनागरिकमा अपिल गरेको छ ।
बेसीशहर नगरपालिका –२ टारगाउँका वीरबहादुर विकले आफ्नो बारीमा गोलभेँडा र तरकारी खेती उत्पादन गर्नुहुन्छ । तर उत्पादित तरकारी किन्नकै लागि भनेर उहाँको बारीसम्म व्यापारी पुग्दैनन् ।
भारतको गुजरात राज्यमा मङ्गलबार एक पटाका गोदाममा भएको ठूलो विस्फोटपछि आगलागी हुँदा १७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्।
नेपाल शिक्षक महासङ्घले चैत २० गते बुधबारदेखि दोस्रो चरणको कार्यक्रमको रुपमा ‘काठमाडौं जाऔं अभियान’ सुरु गर्ने भएको छ ।
सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट निवेदन रिट हेर्दाहेर्दैमा बुधबारका लागि सुनुवाइ हुनेभएको छ।
गोरखापत्र संस्थानको सञ्चालक समितिमा मनोनयन हुनुभएका सञ्चालक सदस्यद्वय सुरथ पोख्रेल र लोकबहादुर चौधरी ‘लक्की’ लाई संस्थान पदाधिकारीले मंगलबार स्वागत गर्नुभएको छ ।
पर्वतको जलजला गाउँपालिका वडा नम्बर ५ लेखफाँटमा मंगलबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
भारतसँग जोडिएका बाँकेका विभिन्न नाकाबाट पछिल्लो समय कुखुराको अवैध आयात बढेको छ। कुखुराको अवैध आयातले जिल्लाका किसानले गरेको कुखुरा उत्पादन र पोल्ट्री व्यवसाय नै बन्द हुने अवस्थामा पुगेको जनाउँदै व्यवसायी आयात रोक्न नाकामा खटिन थालेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले घाटा बजेट नल्याउने बताउनुभएको छ । प्रदेश विकास समस्या समाधान समितिको मंगलबार सम्पन्न बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले घाटा बजेट नबनाउने र बजेटको आकार पनि घट्ने भएकाले सोहीअनुसार तयारी गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बोहोरा र भैरहवा एक अर्काका पर्यायवाची जस्तै हुनुहुन्थ्यो। उहाँको निधनप्रति आबद्ध दल राप्रपा सत्ताधारी दल एमाले, काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), लोसपा, जसपा लगायत राजनीतिक दल र संघसंस्थाले दुःख व्यक्त गरेका छन्।
मंगलबार दिउँसो १ बजे बस्ने भनिएको बागमती प्रदेश सभा बैठक बस्न सकेन । सरकार र प्रतिपक्षबिच सहमति नजुट्दा बैठक स्थगित भएको छ ।
सुदूरपश्चिम प्रदेश सभामा जारी अवरोध हटाउने विषयमा मंगलबार सत्ता गठबन्धन दलबिच छलफल भएको छ । सदन खुलाउने र प्रदेश सभालाई निरन्तर सञ्चालन गर्ने विषयमा सत्तागठबन्धन दलबिच छलफल भएको हो । बैठकमा सदनलाई अनिर्णयको बन्दी बनाउन नहुने, सरकारले पर्याप्त मात्रामा विजनेस दिनुपर्ने लगायतका विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक बिक्रमसिंह धामीले बताउनुभयो ।
‘सञ्चो’ भनेर धेरै नेपालीलाई थाहा छ तर उत्पादक संस्थाबारे कतिपयलाई थाहा नहुन सक्छ । कम्पनिले अन्य विविध उत्पादनहरू गरिरहे पनि ‘सञ्चो’ एक स्थापित ‘ब्रान्ड’ नै भइसकेको थियो । जसले उत्पादक कम्पनीबारे पनि आमनागरिकमा एउटा छाप छोड्दै थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्यान्डको बैंकक आइपुग्नु भएको छ। थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिनेक्रममा उहाँ आथ थाइल्यान्डको बैंकक आइपुग्नुभएको हो।