नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीबाट ओपिडी भवन र ल्याबमा प्रयोग हुने विभिन्न केमिकल लगायतमा ठुलो क्षति भएपछि दुई दिनका लागि ओपीडी र ल्याब सेवा बन्द गरिएको छ ।
बागलुङ नगरपालिका ४ कुँडुले फेदीमा शालग्राम महोत्सव हुने भएको छ ।
दाङस्थित घोराही उपमहानगरपालिकाले पशुहरूमा देखिने बाझोपनलाई हटाउन उपचार थालेको छ । राष्ट्रिय पशु प्रजनन कार्यलय बाँकेको प्राविधिक सहयोगमा उपमहानगरपालिकाको पशु सेवा शाखाले किसानहरुका फर्ममा पुगेर बाझोपनको उपचार थालेको हो ।
पोखरा महानगरपालिकाको काँहुडाँडा, कृस्ति, भरत पोखरी, निर्मलपोखरी र मट्टीखान लगायत क्षेत्रका बासिन्दाहरूलाई स्वच्छ पिउने पानीको उपलब्धताका लागि लागत साझेदारीमा परियोजना सञ्चालन गर्ने गरी त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
इरानको सबैभन्दा ठुलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटपछि कम्तीमा १८ जनाको मृत्यु र अन्य आठ सय जना घाइते भएको एक दिनपछि आइतबार आगो अझै लागिरहेको सरकारी सञ्चार माध्यमले जनाएको छ ।
आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूबिचको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निम्न स्तरमा झरेको बेला पाकिस्तान र भारतका सेनाहरूले विवादित कश्मीरमा लगातार तेस्रो रातसम्म गोली हानाहान गरेको अधिकारीहरूले आइतबार बताएका छन् ।
म्याग्दीका दुई प्रशिद्ध धार्मिकस्थल जोड्ने सडक स्तरोन्नति योजना सञ्चालनको तयारी गरिएको छ । बेनी नगरपालिका ९ स्थित गलेश्वर शिवालयदेखि वडा नम्बर ५ मा रहेको धार्मिक स्थल पुलाश्रम हुँदै जागन्नाथ जोड्ने सडक स्तरोन्नति योजना सञ्चालनको तयारी गरिएको हो ।
सल्यानमा सञ्चालनमा आएका आएका साना तथा घरेलु उद्योगमध्ये करिब एक सय बन्द भएका छन् । चार वर्षको अवधिमा ९६ उद्योग बन्द भएका हुन् ।
ब्रेक फेल भएर अनियन्त्रित भएको ट्रक होटलमा पस्दा दुई वटा होटलमा क्षति भएको छ । नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको ना. ५ ख. ८६७१ नम्बरको मार्वल लोड गरेको ट्रकको ब्रेक फेल भएपछि अनियन्त्रित भएर धौलागिरी होटल एण्ड लजमा पस्दा उक्त होटलमा पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।
गुल्मीको मरभुङ्गमा आइतबार बिहान गोठमा आगलागी हुँदा १२ वटा पशुचौपायाको जलेर मृत्यु भएको छ । मालिका गाउँपालिका–८ किलिबाङका तुलबहादुर घर्तीको ढुङ्गा माटोले बनेको गोठमा आगलागी हुँदा एक भैंसी र पाडीसहित खोरमा रहेका १० बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।
आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ७०० कायम भएको छ ।
जिन्दगीका यतिका वर्ष बाँच्दा धेरै वादहरू पढियो जानियो, कति वादहरू अपनाइयो कति वादहरू फालियो । भगवान्ले भाग्य बाँड्दै गर्दा अपवादमा परियो, नेताले पैसा बाँड्दै गर्दा जिन्दावाद भनियो । सत्तामा नपुगुन्जेल जनवाद भन्नेहरू सत्ता
एक दिन एक जना भलाद्मी विवाह पार्टीबाट आफ्नो निजी कार आफैँले चलाएर घर फिर्दै थिए । भक्तपुरस्थित आफ्नो मान्छेको विवाह पार्टीमा खानपिन गरी राधेराधेनजिकको खुला सडकमा आइरहेको थिए । उनले मनमा कुरा कुरा खेलाए
काठमाडौँ, वैशाख १४ गते । पहिलो नेपाली तारा विजेता गायक दीपक लिम्बूको पहिलो स्वर्णिम साङ्गीतिक साँझ आयोजना हुने भएको छ । सयौँ गीत गाएर श्रोताको मन जितेका लिम्बूले आगामी भदौ १७ गते साँझको आयोजना गर्ने भएको हो । लिम्बूले आफ्नो जन्मदिनसँगै नेपाली तारा विजेता बनेको २० औँ वर्षगाँठ पारेर काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भदौ १७ गते साँझ ५ बजेदेखि कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रमको आयोजना ओएस म्युजिकले गरेको शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । साङ्गीतिक साँझ सङ्गीत प्रेमीहरूका लागि उत्कृष्ट साँझ हुने र जीवनभर स्वर दिएका गीतहरू प्रस्तुत गर्ने उहाँले बताउनुभयो । आयोजक संस्थाका प्रबन्ध निर्देशक आशिष् भट्टराईले लोकप्रिय गायक तथा पहिलो नेपाली ताराका विजेता दीपक लिम्बूको पहिलो स्वर्णिम साँझ श्राेताहरूको रोजाइमा रहेको बताउनुभयो । साँझमा २५ जना वाद्य वादकको प्रत्यक्ष साथ रहनेछ । उक्त कार्यक्रमका लागि प्रवेश शुल्क पाँच सय र एक हजार तोकिएको छ । गायक लिम्बूको यहाँ देशको छ चिन्ता, मुटु माग्यौ तिमीले, ढल्क्यो ढल्क्यो, मैले माया गर्न जानिनँ होला जस्ता गीतलगायत सयौँ गीत चर्चित छन् ।