• १४ वैशाख २०८२, आइतबार

ब्रेक फेल भएको ट्रकले दुई होटलमा क्षति

blog

ब्रेक फेल भएर अनियन्त्रित भएको ट्रकले क्षति पुर्‍याएको होटल । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी
नवलपुर, वैशाख १४ गते । ब्रेक फेल भएर अनियन्त्रित भएको ट्रक होटलमा पस्दा दुई वटा होटलमा क्षति भएको छ । नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको ना. ५ ख. ८६७१ नम्बरको मार्वल लोड गरेको ट्रकको ब्रेक फेल भएपछि अनियन्त्रित भएर धौलागिरि होटल एन्ड लजमा पस्दा उक्त होटलमा पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

ब्रेक फेल भएपछि अनियन्त्रित भएको ट्रक धौलागिरि होटलमा पसेको र त्योसँगै रहेको स्थानीय पवन लम्सालले सञ्चालन अर्को होटलमा समेत क्षति पुर्‍याएको नेपालले बताउनुभयो । घटनामा मानवीय क्षति नभए पनि ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको प्रहरीले नाएको छ ।