सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
मानवसेवा आश्रमले जनकपुरमा भवन निर्माण सुरु गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित केन्द्रीय गुठी संस्थानसँग भाडामा लिएको १३ कट्ठा जग्गामा आश्रमले नयाँ भवन निर्माण गर्न लागेको हो ।
झापाको दमक नगरपालिकाले खरबुजासहित फलफूल र तरकारीको विषादी अवशेष परीक्षण गरेको छ । अहिले गर्मी अधिक रूपमा बिक्री हुने गरेको खरबुजामा विषादीको प्रयोग भएको हुनसक्ने भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि बजार अनुगमन गरेर नमुना परीक्षण गरिएको बताइएको छ ।
चितवनको पुरानो सदरमुकाम ऐतिहासिक क्षेत्र उपरदाङगढीमा कोतघर निर्माण गरिएको छ । ऐतिहासिक क्षेत्रको संरक्षणसँगै मौलिकता कायम राख्न कोतघर निर्माण गरिएको हो । एक करोड २८ लाख रुपियाँको लागतमा कोतघर निर्माण पूरा भएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो । संरक्षणको अभावमा भग्नावशेषको अवस्थामा पुगेको कोतघरको जीर्णोद्वारसँगै आकर्षणको केन्द्र बनाइएको छ ।
राष्ट्रियसभाका सदस्य जीतजङ्ग बस्नेतले सङ्घीय सरकारका मन्त्री र मन्त्रालयको सङ्ख्या घटाएर १९ बनाउनुपर्ने बताउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
यहाँको कनकासुन्दरी गाउँपालिका–१का मौरीपालक किसानलाई सीपमूलक तालिमसहित आवश्यक सामग्री वितरण गरिएको छ । दस जना मौरीपालक किसानलाई पाँचदिने तालिम सहित आवश्यक सामग्री वितरण गरिएको कनकासुन्दरी –१ का वडाध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिनुभयो ।
धार्चे गाउँपालिकाले भूमिहीन दलित परिवारलाई शनिबार जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भूमि समस्या समाधान आयोग जिल्ला समिति मार्फत भूमिहीन दलित परिवारलाई लालपुर्जा उपलब्ध गराइएको जानकारी दिनुभयो ।
इलामको माई नगरपालिका–४ स्थित गरुवाखोलामा निर्माण भएको पक्की पुल दुुई वर्षदेखि अलपत्र अवस्थामा छ । पुल निर्माण भए पनि त्यससँग सडक नजोडिएका कारण दुई वर्षअघि बनेको सो पुल सडकको पर्खाइमा छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
धनुषामा दुई ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ । धनुषाको धनुषा नगरपालिका ६, मालटोल चौकमा आइतबार बिहान ६ बजे पूर्वतर्फ गइरहेको प्र ०२ ०३ ००१ख ०७१५ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको ना ६ ख ३४६३ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
भारतको विहार सरकारका पञ्चायती राज विभागमन्त्री केदारप्रसाद गुप्ताले नेपाल र भारतबिचको मित्रता प्रगाढ रहेको बताउनुभएको छ । उहाँले सम्बन्धलाई अझै सुदृढ र मजबुत बनाएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
मुस्ताङ, वैशाख १४ गते । हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुस्ताङको मुक्तिनाथ मन्दिरबाट फर्किदै गरेका विदेशी पर्यटक । पछिल्लो समय मुक्तिनाथ मन्दिर र आसपासको क्षेत्र अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दो छ । तस्बिरः रासस
वैशाख लागेसँगै तराईका जिल्लामा अत्यधिक रूपमा गर्मी बढेको छ ।
काठमाडौँ, वैशाख १४ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले परिस्थिति बदलिएपछि कार्यशैली बदलिनुपर्ने बताउनुभएको छ ।नेपाल चलचित्र सङ्घको ५० औँ वार्षिक साधारण सभाको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले परिस्थिति बदलिएपछि ऐन, कानुन बदलिनुपर्ने, परिस्थिति बदलिएपछि कार्यशैली बदलिनुपर्ने, परिस्थिति बदलिएपछि सिस्टम बदलिनुपर्ने बताउनु भयो । मान्छे मात्रै बदलिएर केही नहुने उहाँको जिकिर छ । उहाँले राजा महेन्द्रको पालामा बनेका कानुनका कारण विकास हुन नसकेको जिकिर गर्नुभयो । उहाँले आफूले सुरुमा विकास गर्ने र सुशासन कायम गर्ने मन्त्रालय ९गृह वा भौतिक पूर्वाधार तथा यातायात० मागेको भए पनि प्रधानमन्त्रीको आग्रह सञ्चार मन्त्रालयमा गएको बताउनु भयो । उहाँले आफूले गृह मन्त्रालयको नेतृत्व गरेर अहिलेको बेथितिहरू हटाउने चाहना प्रकट गरे पनि यस पटक पूरा हुन नसकेको बताउनु भयो । मन्त्री गुरुङले भन्नुभयो, ‘मन्त्रालय आएपछि मलाई लाग्थ्यो सुरुमा यो मन्त्रालयमा बजेट नै छैन । ६-७ अर्ब छ । मैले प्रधानमन्त्रीज्यूसँग भनेको थिएँ । मलाई की सुशासन कायम गर्ने मन्त्रालय दिनुपर्छ, कि विकास गर्ने मन्त्रालय चाहिन्छ । मैले भनेको थिएँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र जुनमा डेढ खर्बभन्दा बढी बजेट छ । त्यहाँको लथालिङ्ग, भताभुङ्ग जे खालको आजको मुलुकको तस्बिर त्यहाँ देखिन्छ, त्यसलाई म सुधार र रूपान्तरण गर्न चाहन्छु । मलाई त्यो दिनुस् भनेको थिएँ । गृह मन्त्रालय दिनुस् । यो सारा बेथितिहरू जहाँ जहाँ भइरहेको छ, त्यो पहिलो चोटि सबै कुराको उद्घाटन गर्छु भनेको थिएँ । तर सरकारको प्रवक्ता पनि बन्नुपर्यो, प्रवक्ता भएको मान्छे अलि सिनियर पनि हुनुपर्यो । साना साना मान्छेलाई बनाएर भएन । तपाईँ सञ्चार मन्त्री हुनुपर्छ । त्यो पनि ठुलै क्षेत्र हो । हुन्छ भनेर मैले स्वीकारेँ । मन्त्रालयमा गइयो । त्यो मन्त्रालय कस्तो रहेछ भने अहिलेसम्म राजा महेन्द्रको कारणले चलेको मन्त्रालय रहेछ । रेडियो नेपालको कानुन २०१३ सालको, नेपाल टेलिभिजनको कानुन हेर्दा ०२६ सालको पछि ०४२ सालको । गोरखापत्रको २०१८ को, राससको २०१४÷२०१५ सालको । सबै पुरानो । नीति पुरानो । कानुन पञ्चायतको । बहुदल आयो १८ वर्ष बित्यो, गणतन्त्र आयो गणतन्त्र र बहुदल जोड्दा ३४ वर्ष भयो । ३४ वर्षसम्म एउटा नयाँ कानुन नबनेको । एउटा मात्रै कानुन ०४८ सालमा बहुदल आएपछि प्रेस काउन्सिल भन्ने संस्थाका लागि नयाँ कानुन आएको रहेछ । राजा महेन्द्रले बनाएको कानुनमा चलिरहेको छ । वीरेन्द्रले पनि होइन । धेरै जसो कानुन बनाएको महेन्द्रको पालामा छ । अनि परिवर्तन कसरी हुन्छ रु शिक्षा अनि आजको जस्तो लथालिङ्ग, भताभुङ्ग नभएर राम्रो हुन्छ रु विज्ञान र प्रविधिको धेरै विकास भइसक्यो, कानुन तदनुकल बनाउनुपर्ने की नपर्ने रु त्यहाँनेर पार्टीहरू चुकेका छन् । स्वास्थ्यको पनि त्यही हालत छ । अहिलेसम्म २०१३ सालको नेपालको प्रहरी ऐन छ, त्यहीबाट चलिरहेको छ । परिस्थिति बदलिएपछि ऐन, कानुन बदलिनुपर्छ । परिस्थिति बदलिएपछि हाम्रो कार्यशैली बदलिनुपर्छ । परिस्थिति बदलिएपछि सिस्टम बदलिनुपर्छ । मान्छे मात्रै बदलिएर केही हुँदैन ।’सञ्चार मन्त्री गुरुङले सरकारले सामाजिक सञ्जाल, प्रयोग, सञ्चालन र नियमन विधेयक पेस गरेको बताउँदै यसबाट कोही पनि तर्सिन आवश्यक नरहेको बताउनु भयो । यसबाट कसैको पनि अभिव्यक्ति स्वतन्त्रता हनन नहुने जिकिर गर्नुभयो । अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने दायित्व सरकारको भएको बताउनु भयो । आफू सरकारमा आएको ९ महिनामा धेरै साइबर अपराध बढेको बताउनु भयो । उहाँले त्यसको नियन्त्रण गर्ने दायित्व सरकारको भएको र त्यससम्बन्धी विधेयकमा छलफल चलिरहेको बताउनु भयो । उहाँले आम सञ्चार ऐन, हुलाक सञ्चार ऐन संशोधन गर्न लागिरहेको बताउनुभयो । उहाँले नेपाललाई आइटी हबको रूपमा विकास गर्न सकिने बताउनुभयो । मन्त्री गुरुङले चलचित्र ऐन राष्ट्रिय सभामा आज टेबुल गरिने पनि उल्लेख गर्नुभयो ।