इलाम समाचारदाता
इलाम, वैशाख १४ गते । इलामको माई नगरपालिका–४ स्थित गरुवाखोलामा निर्माण भएको पक्की पुल दुुई वर्षदेखि अलपत्र अवस्थामा छ । पुल निर्माण भए पनि त्यससँग सडक नजोडिएका कारण दुई वर्षअघि बनेको सो पुल सडकको पर्खाइमा छ ।
माई नगरपालिका–४ को धरमपुरदेखि सिञ्जालीटार जोड्ने पक्की पुल सञ्चालनमा ल्याउन दुुवैतर्फको सडक जोडिएको छैन । कोशी प्रदेश सरकारको दुुई करोड १८ लाख रुपियाँको लगानीमा निर्माण भएको पुलमा उक्लिएरै नागरिकले पैदल यात्रा गर्ने गरेको स्थानीय विमल दाहालले बताउनुुभयो ।
पुल जमिनको सतहभन्दा निकै अग्लो छ । “पुलको दुवैतर्फ सय सय मिटर कालोपत्रेको काम गर्नुपर्ने थियो, पुल निर्माण भएपछि सो बराबरको सडक निर्माण गरेन, अहिले त्यो अलपत्र अवस्थामा छ ।” वर्षाको समयमा स्थानीयले दुःख पाउने निश्चित छ । सडककै कारण यातायात सञ्चालन नहुँदा विद्यार्थी, बिरामीदेखि दैनिक आवतजावत गर्नेलाई समस्या हुने गरेको उहाँले बताउनुभयो ।
दाहालका अनुसार स्थानीय माई नगरपालिकाले यो पुलसँग सडक जोड्न चालुु आर्थिक वर्षमा पाँच लाख रुपियाँ छुुट्याएको छ तर यो रकमले कतै एक छेउ काम नहुुने अवस्था रहेको दाहालको भनाइ छ । यो पुल भएर सडक पनि जोडिने हो भने इलामको सूूर्योदय नगरपालिका–१४ का नागरिकलाई पनि झापा जान सहज हुुने बताइएको छ ।