सरकारले राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीति कार्यान्वयनलाई थप प्रभावकारी बनाइ राष्ट्रिय सुरक्षा प्रणालीलाई सुदृढ गर्ने भएको छ ।
ताप्लेजुङका सामुदायिक विद्यालयहरू शुक्रबारदेखि खुलेका छन्। नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण बन्द रहेका सामुदायिक विद्यालय खुल्न थालेका हुन् । विद्यालय खुलेसँगै विद्यार्थी भर्ना अभियान र पठनपाठनको क्रियाकलाप सुरु भएको विद्यालयहरुले जनाएका छन् ।
नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले वर्तमान सरकारको प्रतिपक्षको भूमिका आफ्नो पार्टीले निर्वाह गरेको बताउनुभएको छ ।
गत महिना भएको घातक आक्रमणपछि कट्टर प्रतिद्वन्द्वीहरूबिच तनाव बढेपछि पाकिस्तान प्रशासित काश्मीरले यस क्षेत्रको भारतीय पक्षसँगको वास्तविक सीमा नजिकका बासिन्दाहरूलाई शुक्रबार खाना भण्डारण गर्न आह्वान गरेको छ ।
धन कमाउने, आफ्नो परिवार चलाउने र सुन्दर भविष्य बनाउने सपना बोकेर वैदेशिक रोजगारीमा गएका ताप्लेजुङका बाह्र जनाले ज्यान गएका छन्। पछिल्लो अढाइ वर्ष (दुई वर्ष छ महिना) को अवधिमा उक्त सङ्ख्यामा वैदेशिक रोजगारीमा गएका यहाँका नागरिकले ज्यान गुमाएका हुन्।
बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा डुबेर एक १३ वर्षीय बालकको शुक्रबार दिउँसो मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बैजापुर बाँकेले दिएको जानकारीअनुसार आफ्नो एक जना साथीसँग शुक्रबार दिउँसो करिब १२ बजे राप्ती नदीमा नुहाउन र पौडी खेल्न गएका राप्ती सोनारी गाउँपालिका –३ बैंसा निवासी यज्ञबहादुर बिकको कान्छो छोरा १३ वर्षको सफर बिकको डुबेर मृत्यु भएको हो ।
विद्यालय स्तरदेखि खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सरकारले राष्ट्रिय खेल सङ्घसँगको सहकार्यमा स्पोर्ट्स स्कुल कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रबाट प्राप्त हुने राजस्वको क्षेत्र व्यापक भएको बताउनुभएको छ ।
मधेश प्रदेश सरकारको भौतिक पूर्वाघार विकास मन्त्रालयले तीन वर्ष अघि महेन्द्रनारायण निधि विपन्न आवास योजना, कार्यान्वयन कार्यविधि, २०७८ बनाएर आवास निर्माण कार्य प्रारम्भ गरिएको छ ।
सरकारको नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक भएको छ । शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा २०८२/८३ को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गर्नुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै नेपाली जनताको बलिदान, सङ्घर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्त्वको उपलब्धिको रक्षा गर्न वर्तमान सरकार दृढ रहेको बताउनुभएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने भएको छ ।
सरकारले ज्येष्ठ नागरिक सेवा केन्द्रको विस्तार गर्ने घोषण गरेको छ । शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषण गर्नुभएको हो । ज्येष्ठ नागरिकको सुरक्षा उपचारको व्यवस्था मिलाइने उहाँले जानकारी दिनुभयो ।
सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा कोष खडा गरी समस्याग्रस्त सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने भएको छ ।
हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ वैशाखको तेस्रो साताबाट १५ दिनका लागि बन्द भएको छ ।