नेपाल विद्युत् प्राधिकरणले चालु पुँजी अभावका कारण भुक्तानीमा समस्या परिरहेको जनाएको छ । प्राधिकरण प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको वित्तीय तथा प्राविधिक अवस्था समेटिएको श्वेतपत्र जारी गर्दै सरकारबाट प्राप्त हुने
सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्याको समाधानका लागि नयाँ राष्ट्रिय सहकारी नीति जारी गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी नीतिको पुनरवलोकन गरी नयाँ राष्ट्रिय सहकारी नीति जारी गर्ने घोषणा गर्नुभयो ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावा आंशिक प्रभाव नेपालमा रहेको छ ।
बागमती प्रदेश सरकारमातहतको हेटौँडा अस्पतालमा औषधी खरिदलगायत बजेट खर्चमा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले अनुसन्धान थालेको छ । अख्तियार
बाजुरामा सञ्चालनमा हुँदै आएका नेपाली हाते कागज उद्योग पछिल्लो समय सङ्कटमा परेका छन् । बिक्रीका लागि जिल्लामै बजार नपाउनु तथा स्थानीय तहले अनुदानका कार्यक्रम नहुँदा पछिल्लो समय जिल्लामा सञ्चालन हुँदै आएका नेपाली हाते कागज उद्योग सङ्कटमा पर्न थालेका हुन् ।
२०७२ वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका पराकम्पका कारण ध्वस्त भएका घरमा १० वर्षमा ८८ हजार घर पुनर्निर्माण सम्पन्न भएका छन् । त्यसबेला जिल्लाका ९० हजार ९०४ लाभग्राहीको घरमा क्षति पुगेको थियो ।
नेकपा (एमाले) को संसदीय दलको बैठक शनिबारका लागि आह्वान गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार १ः०० बजे बस्नेगरी दलको बैठक बस्ने तय भएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपाङ्गता भएका व्यक्तिहरुको सहज पहुँचका लागि अपाङ्गतामैत्री संरचना निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।
दक्षिण अमेरिका र अन्टार्कटिकालाई छुट्याउने पानीको मुहान ड्रेक मार्गमा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
जिल्ला अदालत काठमाडौँले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले संघीय, प्रदेश र स्थानीय सरकारको स्पष्ट कार्यविभाजनमा आधारित भएर नीति तथा कार्यक्रम आएको बताउनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले शुक्रबार साँझ शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको थियो।
सरकारले सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त घोषणा गर्नुभएको हो।
सरकारले व्यावसायिक वातावरण सुधार गर्न अध्यादेशमार्फत सुरु गरिएका नीतिगत सुधारका आधारमा उद्यमशीलता र निजी लगानी प्रवर्द्धन गर्ने भएको छ ।
नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका –६ सगरमाथा टोलमा रहेको पोखरीमा दुई दाजुभाइ मृत फेला परेका छन् । आज बिहान १० बजे घरबाट खाना खाएर हिडेका दाजुभाइ साझँ करिब ५ बजे पोखरीमा मृत फेला परेका हुन् ।