सङ्घीय संसदकाे संयुक्त बैठक
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ ।
नेपाल औषधी व्यवसायी सङ्घ गुल्मी शाखाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपाल सिरिजङ्घा गाउँपालिका कमिटीको अध्यक्षमा अशाेक लिम्बू दावा चयन हुनुभएको छ ।
काठमाडौँका सुमन घले र सम्पदा सिवाकोटी तेस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । सुमन पुरुष तथा सम्पदा महिलामा उत्कृष्ट बन्नुभएको हो ।
आगामी आर्थिक वर्ष २०८२/८३ मा सङ्घीय सरकारले जीडीपीको पाँच ५ प्रतिशत नबढ्ने गरी आन्तरिक ऋण लिनसक्ने भएको भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाचार संस्थाहरूलाई पक्षपाती भएको आरोप लगाउँदै बिहीबार एनपिआर र पिबिएसको सार्वजनिक कोष कटौती गर्न खोज्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।
ट्रम्प प्रशासनले बिहीबार सर्वोच्च अदालतलाई तीन लाख ५० हजार भेनेजुएलालीबाट अस्थायी कानुनी सुरक्षा हटाउन आग्रह गरेको छ । यसले उनीहरूलाई निर्वासनको जोखिममा पार्न सक्छ ।
नवलपरासी पश्चिमको सरावल गाउँपालिकाले डुबान नियन्त्रण गर्न धनेवा खोलाको तटबन्ध मर्मत कार्य अगाडि बढाएको छ । बर्सेनि झेल्दै आएको सरावल गाउँपालिका –६ मा रहेको धनेवा खोलाबाट बस्ती डुबान र कटानको समस्यालाई नियन्त्रण गर्न तटबन्ध मर्मतको काम अघि बढाइएको हो ।
मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (युपिआर)बारे प्रदेशस्तरीय कार्यशाला नेपालगन्जमा सम्पन्न भएको छ ।
बेलायतका लागि नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेले राजा चार्ल्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको आठौं तह सरह आवासीय चिकित्सकलाई भत्ता नदिने निजी मेडिकल कलेजहरूलाई मन्त्रालयबाट दिइने कुनैपनि सुविधा नदिने बताउनुभएको छ ।
विराटनगरस्थित एक होटलमा नेपाल प्रहरीका तीन जना बहालवाला प्रहरी निरीक्षकबिच कुटाकुट भएको घटना सार्वजनिक भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युतलगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
२०७४ चैत २९ गते गजुरमुखी निर्माण सेवाले सडक डिभिजन कार्यालय बाँकेसँग ठेक्का सम्झौता गरेर काम सुरु गरे पनि निर्माण व्यवसायीको लापरबाहीका कारण पनि सडकले पूर्णता पाउन नसकेको हो ।