• २० वैशाख २०८२, शनिबार

वाईसिएल नेपाल सिरिजङ्घाको अध्यक्षमा लिम्बू चयन

blog

वाइसिएल नेपाल सिरिजङ्घा गाउँपालिका कमिटीको नव निर्वाचित पदाधिकारी तथा सदस्यहरू सामूहिक तस्बिर लिँदै । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू

फुङलिङ, वैशाख १९ गते । योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपाल सिरिजङ्घा गाउँपालिका कमिटीको अध्यक्षमा अशाेक लिम्बू दावा चयन हुनुभएको छ । नेकपा माओवादी केन्द्र निकट वाइसिएलको तेश्रो पालिका अधिवेशनबाट दावा अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । 

कमिटीको उपाध्यक्षद्वयमा सुदिप लक्सम्बा र आइतमान लिम्बू, सचिवमा शसिहाङ थेवे सहित ३५ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन भएका छन् ।

यस्तै अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी सिरिजङ्घा गाउँपालिका कमिटीको अध्यक्षमा जेनि साउदेन चयन हुनुभएको छ । कमिटीको उपाध्यक्षद्वयमा लक्ष्मी लोकान्द्री र बल्लविरा निरौला, सचिवमा गीता भट्टराई, सचिवमा गीता भट्टराई चयन हुनुभएको छ । अधिवेशन केन्द्र, प्रदेश तथा जिल्ला स्तरीय नेताहरूको उपस्थितिमा सम्पन्न भएको हो ।

आगामी वैशाख २३ गते हुन गइरहेको जिल्ला अधिवेशन पूर्व पालिका अधिवेशनहरू धमाधम हुने क्रममा रहेका छन् । केही दिन अघि मात्र सिदिङवा गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ ।