नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरू मधेश प्रदेशमा फेला परेका छन् । बिहीबार काठमाडौँमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले यस्तो जानकारी गराउनुभएको हो ।
तराई मधेशको बारा, पर्सा, रौतहट लगायत छिमेकी राष्ट्र भारतको सीमा आसपासका ठाउँमा केहि वर्षदेखि जुनसुकै शुभकार्यमा हनुमान आराधना लोकप्रिय बन्दै गएको छ ।
नेपाली चलचित्र ‘उनको स्विटर’को प्रिमियर सम्पन्न भएको छ । काठमाडौँको एक सिनेमा हलमा प्रिमियर सम्पन्न भएको हो । प्रिमियरमा राजनीतिक व्यक्तित्वदेखि कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
गृहमन्त्री रमेश लेखकले सरकार नेपाली कांग्रेस र नेकपा (एमाले)बिच भएको सहमतिअनुसार नै अघि बढ्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले नेपालीहरूको सङ्ख्या बढिरहेका विश्वका अन्य देशमा पनि नेपाली जनसम्पर्क समितिहरूको गठन गर्ने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालका लागि स्विजरल्यान्डका राजदूत डा.ड्यानिएल मेउलीबिच शिष्टाचार भेटवार्ता भएको छ ।
पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको जैमिनी नगरपालिका १० राङखानीको हाडिकोट टापुमा २ करोड बढी लगानीमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ ।
दाङ जिल्लामा पहिलो पटक प्रथम खुला 'खोखो' प्रतियोगिता सुरु भएको छ । 'खोखो' सङ्घ दाङको आयोजनामा प्रथम खुला पुरुष खो खो प्रतियोगिता तुलसीपुरको अरनिको मैदानमा वैशाख २६ गतेदेखि सुरु हुने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
सङ्घीय संसदअन्तर्गतका प्रतिनिधिसभा बैठक सुरु भएको छ । बिहीबार बिहान ११ बजेबाट सुरू भएको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा छ सयले वृद्धि भएको छ ।
थासाङ गाउँपालिका–२ सौरु गाउँमा रहेको पाँच सय वर्ष पुरानो सौरु गुम्बा जीर्णोद्धार भएको छ ।
कृष्णपुर नगरपालिका–२ वनहराका मुक्तकमैया परिवारले बगरलाई हराभरा बनाएका छन् । बगर तरबुजा, काँक्रो, लौका, फर्सी, मुला, तोरैयालगायत फल र सागसब्जी लटरम्म छन् ।
कोशी उच्च बाँध निर्माण योजना खारेजीको माग गर्दै सप्तकोसी उच्च बाँध विरुद्ध सङ्घर्ष समितिले जिल्ला प्रशासन कार्यालय धनकुटामार्फत गृह मन्त्रालय तथा प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । बुधवार सङ्घर्ष समितिका अध्यक्ष असीम राई लगायतको टिमले सहिदभूमि गाउँपालिका र धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेललाई उक्त ज्ञापन पत्र बुझाएको हो ।
मनाङका नासोँ गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा पर्ने तीन वटा पक्की मोटरेबल पुल नौ वर्षदेखि ठेकेदारको लापरबाहीका कारण अलपत्र परेका थिए ।