• २५ वैशाख २०८२, बिहिबार

तोलामा छ सयले बढ्यो सुन

blog

काठमाडौँ,  वैशाख २५  गते ।  अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा छ सयले वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९२ हजार २०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार ९५५ मा बेचबिखन भइरहेको छ । 

बुधबार प्रतितोला सुन एक लाख ९१ हजार ६०० र त्यति नै परिमाणको चाँदी एक हजार ९६५ मा खरिदबिक्री भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रासस