सिन्धुली जिल्लाको ग्रामीण क्षेत्र अन्तर्गतका भित्र सडकका खोलाहरूमा बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा पक्की पुल निर्माणसँगै यातायात सञ्चालन सहज बन्दै गएको छ ।
सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलामा हुलाक डेस्क स्थापना गरिएको छ । जिल्लाको ग्रामीण बस्तीबाट सदरमुकाम खलङ्गा आउने सेवाग्राहीको समस्यालाई मध्येनजर गरी जिल्ला प्रशासनको अनुरोधमा हुलाक डेस्क स्थापना गरिएको जिल्ला हुलाक कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख बिरेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिका वडानं. २२ को आयोजनामा असार ६ र ७ गते मिस्टर महानगर बडिबिल्डङ च्याम्पियनसिप हुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले जनताको बहुदलीय जनवादकै जगमा देशको प्रमुख राजनीतिक शक्ति बन्न सफल भएको बताउनुभएको छ ।
म्याग्दीको धवलागिरि गाउँपालिकामा पुर्ख्यौली नृत्य प्रतियोगिता आयोजना गरिएको छ । शनिबार गाउँपालिका केन्द्र मुनामा आयोजना गरिएको पुर्ख्यौली नृत्य प्रतियोगितामा विभिन्न पाँच समुहले भाग लिएका छन् ।
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासँग जापानका उपविदेशमन्त्री इकुइनो अकिकोले शनिबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेरी रकर्स स्पोट्र्स क्लबको आयोजनामा प्रथम प्रदेशसभा सदस्य कप क्रिकेट प्रतियोगिता नेपालगन्जको विशाल चोक खेल मैदानमा सुरु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टि एमालेको जन वर्गीय सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी पाँचथरको अध्यक्षमा मदन लावती सर्व सम्मत निर्वाचित हुनुभएको छ ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपाल भ्रमणमा रहनुभएका कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूत बदर उमर स्माइल अल दफाले भेटवार्ता गर्नुभएको छ ।
विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) को बोर्ड बैठक नेपालमा आयोजना हुनलागेको सन्दर्भ पारेर हेरिटेज रन सुरु गर्न लागिएको हो ।
हिन्दु तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थल मुक्तिनाथ मन्दिरको शीरमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ मा शताब्दी पुरानो धार्मिक सम्पदाको खोजी गरी संरक्षण सुरू गरिएको छ ।
लाओसमा बढ्दो मुद्रास्फीति (मूल्यवृद्धि) का कारण नागरिकहरूको जीवनस्तरमा गिरावट आएको र श्रम बजारमा ठुलो परिवर्तन देखिएको विश्व बैँकको सर्वेक्षणले देखाएको छ । नागरिकहरू स्व–रोजगारीतर्फ आकर्षित हुन थालेका छन् भने धेरै श्रमिकहरू जीविकोपार्जनका लागि विदेश पलायन भइरहेका छन् ।
कैलालीको चुरे गाउँपालिका स्तरीय सामुदायिक विपद् प्रतिकार्यसम्बन्धी तालिम धनगढीमा सुरु भएको छ ।
अन्नपूर्ण प्रथम हिमाल आरोहणको हीरक वर्ष पूरा भएको अवसरमा यो क्षेत्रमा विभिन्न कार्यक्रम हुने भएको छ ।