निजी क्षेत्रले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नीतिगत स्थिरता र लगानीको ढोका खोल्नुपर्नेमा जोड दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बिहीबारको बैठकमा ‘आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने विषय’सम्बन्धी छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले आगामी दशक (२०८२/२०९२) लाई लगानी दशक घोषणा गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
संसारको सातौं अग्लो धौलागिरि हिमाल आरोहणको ६५ वर्ष वर्षको अवधिमा ६ सय ८० जना पर्वतारोही धौलागिरिको शिखरमा पुगेका छन्। धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका ४ मुदीमा पर्दछ।
कीर्तिपुर कभर्डहलमा जारी प्रतियोगितामा गोल्डेनगेटले रोयल्सलाई ८२–७४ ले हरायो ।
जापानी प्रहरीले बिहीबार एक महिला यात्रुलाई लागु औषध खुवाएर बलात्कार गरेको आशङ्कामा एक पूर्व ट्याक्सी चालकलाई पक्राउ गरेको बताएका छन् । मिडिया रिपोर्टहरूले दर्जनौँ थप पीडित हुन सक्ने बताएका छन् ।
रुसको राजधानीमा आक्रमण भएपछि बिहीबार मस्को वरपरको हवाई यातायात अवरुद्ध भएको र रातभरमा सहरलाई लक्षित ३५ युक्रेनी ड्रोन खसालिएको रक्षा मन्त्रालयले बताएको छ ।
रसुवा-नुवाकोट पर्यटन समाजको आयोजनामा यहि जेठ २४ गते लाङटाङ ट्रेल रन हुने भएको छ ।
नेपाली काग्रेसका सांसद किरणबाबु श्रेष्ठले विपद् व्यवस्थापनमा हिजोका कमजोरी सच्याउँदै आगामी दिनका लागि नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कञ्चनपुरका डिभिजन वन प्रमुख रामविचारी ठाकुरमाथि आज मोसो दलेर एक समूहले दुर्व्यवहार गरेको छ।
नेकपा एमालेका सांसद इन्दिरादेवी गौतमले सडक दुर्घटनाको जोखिम दिनहुँ बढीरहेकोले नियन्त्रणमा ध्यान दिनु आवश्यक रहेको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशको भूमि सम्बन्धी नीतिको मस्यौदामाथि आज धनगढीमा छलफल गरिएको छ।
बागमती प्रदेशसभामा चिट्ठा विधेयकलाई पुनःविचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकले ‘प्रदेश स्तरको चिट्ठाव्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफलसहित विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको हो ।
मकवानपुर गढी मकवानपुर जिल्लामा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्त्वको स्थान हो । मकवानपुर गढी नेपालका लागि सधैँ रणनितीक महत्त्वको स्थान हो ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबिच बिहीबार टोकियोमा द्विपक्षीय भेटवार्ता भएको छ । जापान भ्रमणमा रहनुभएकी मन्त्री डा. राणा र जापानी विदेशमन्त्री ताकेसीबिच आज टोकियोस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको हो ।
श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका–३ बनिनियाँका हरिराम यादवलाई श्रीमतीको हत्या आरोप पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वर्षाका कारण सडक बिग्रिँदा नागरिकलाई सास्ती प्रेमराज सिम्खडा कालीकोट, जेठ ७ गते । वर्षाका कारण कालीकोटका सडक र बाटो बिग्रिँदा नागरिकलाई समस्या भएको छ ।