मकवानपु, जेठ ८ गते । मकवानपुर गढी मकवानपुर जिल्लामा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्त्वको स्थान हो । मकवानपुर गढी नेपालका लागि सधैँ रणनितीक महत्त्वको स्थान हो ।
मकवानपुर नै त्यो ठाउँ हो जहाँ नेपाली सेनाले मिर कासिमका फौजबाट ५०० भन्दा धेरै राइफल, दुई तोप हात पारेर ४ वटा गुल्म श्रीनाथ, कालीबक्स, बर्दबहादुर र सबुज गुल्म बनायो केही समयपछि पुरानो गोरख गुल्मसमेत स्थापना गर्न सफल भयो ।
नेपाली सेनामा सेना व्यवस्थित यो नै पहिलो गरिएको अवसर थियो । नेपाली सेनाको इतिहासमा पहिलो चोटी बनाइएका यिनै सङ्गठन रहेका थिए । साथै नेपाली सेनाले कुनै पनि विदेशी सेनासँग लडेको पनि पहिलो अवसर थियो । यो हाल मकवानपुरगढी गाउँपालिकामा पर्दछ ।