काठमाडौँ, जेठ ८ गते । रसुवा-नुवाकोट पर्यटन समाजको आयोजनामा यहि जेठ २४ गते लाङटाङ ट्रेल रन हुने भएको छ ।
लाङटाङ क्यान्जिङ भ्यालीको क्वाङजिन गुम्बा ३८४० मिटर बाट सुरु भई १९०० मिटरस्थित स्याफ्रुबेसीमा पुगेर टुङ्गिने ट्रेल रन ३२ किमीको हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिनुभयो ।
प्रतियोगितामा स्वदेशी र विदेशी गरी एक सयभन्दा बढी खेलाडीहरुको सहभागिता रहने छ । राष्ट्रिय खेलाडीलाई समेत सहभागिताका लागि खुला गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा महिला र पुरुष दुबैतर्फका विजेताले एक लाख, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ५० हजार, चौथोले २५ हजार र पाँचौँ स्थानमा आउनेले १५ हजार रुपियाँ पुरस्कार पाउने छ । प्रतियोगिता आयोजनाका लागि करिब ४० लाख रुपियाँ खर्च हुने बताइएइको छ ।