नेपालमा विगत १० वर्षमा मनसुनजन्य आठ हजार चार सय ४१ घटना भएकका छन् । बिहीबार बसेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्नुहुँदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ईन्जिनियर दिनेशप्रसाद भट्टले यसबारेमा जानकारी गराउनुभएको हो ।
घरदेखि टाढाको विद्यालय जार्नुपर्ने बाध्यताले पढाइनै छोड्नु पर्ने अवस्था रहेको रौतहटको अति विपन्न दलित वर्गका छात्रा साइकल उपहार पाएपछि खुसी भएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण स्थानान्तरणको मारमा परेको प्याराग्लाइडिङ व्यवसाय पछिल्लो समय विस्तारै चलायमान हुन थालेको छ ।
भरतपुर विमानस्थलमा बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले सफल अवतरण गरेको छ । १२ सय मिटर लामो धावनमार्गमा ७२ सिट क्षमता भएको जहाजले बिहीबार बिहान काठमाडौँ भरतपुर परीक्षण उडान गरेको हो ।
बेनी नगरपालिकाले किसानहरूलाई तरकारी खेतीसम्बन्धी ज्ञान, सिप, प्रविधि र रोगकीराको व्यवस्थापन लगायतका विषयमा सिकाउन आइपिएम कृषक पाठशाला सञ्चालन गरेको छ ।
पढाईमा अब्बलतासँगै चर्चित छ, गणेश माध्यामिक विद्यालय । अन्यत्रका धेरै सामुदायिक विद्यालय खाली हुँदै गर्दा यहाँ भने विद्यार्थीको भिड देखिन्छ ।
बागलुङका पाँच स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएका पालिका घोषणा गरिएको छ । जिल्लाको बागलुङ, गलकोट, ढोरपाटन र जैमिनी नगरपालिका तथा ताराखोला गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएका पालिका घोषणा गरिएको हो ।
गाउँभन्दा माथिको हिमताल भासिएर लेदोसहितको बाढीले खानेपानीको संरचनामा समेत क्षति पुर्याएपछि स्थानीयवासी खोलाको धमिलो पानी खान बाध्य भएका छन् ।
गुल्मीको मुसिकोट नगरपालिकाले दोस्रो मुसिकोट मेयर रनिङ कपको आयोजना गर्नेभएको छ । मुसिकोट नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा दोस्रो मुसिकोट मेयर रनिङ कप अन्तर्गत अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
नारायणगढ–मुग्लिन सडकखण्डमा दुई ट्रक एक आपसमा ठक्कर खाँदा सात जना घाइते भएका छन् ।भरतपुर महानगरपालिका–२९ गाइघाटमा बिहीबार बिहान करिब ६ः५० बजे नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ९८९७ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा सात जना घाइते भएका हुन् ।
महालेखा परीक्षकको कार्यालयले ६२ औं वार्षिक प्रतिवेदन अनुसार प्युठान जिल्लामा अघिल्लो वर्षको तुलनामा बेरुजु रकम घटेको छ । अघिल्लो वर्षको तुलनामा पाँच करोड २१ लाख एक हजार कम बेरुजु आएको हो ।
सिराहाको नवराजपुर गाउँपालिकाले मैथिली भाषाको स्थानीय पाठ्यपुस्तक निर्माण गरी कक्षा १ देखि कक्षा ३ सम्म पठनपाठन गराउन थालेको छ । गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि ‘हमर नवराजपुर’ (हाम्रो नवराजपुर) नामक पाठ्यपुस्तक तयार गरी २० वटै सामुदायिक विद्यायलमा पठनपाठन गराउन सुरु गरेको हो ।
लुम्बिनी प्रदेशमा गत वर्षभन्दा यस वर्ष आगलानी तथा वन डढेलोका घटनामा कमी भएको पाइएको छ ।गत वर्ष वैशाख २५ गतेसम्ममा यहाँका चार सय २१ स्थानमा डढेलो लागेकामा यस वर्ष जेठको ७ गतेसम्म दुई सय ९३ स्थानमा डढेलो लागेको प्रदेश वन निर्देशनालयले जनाएको छ ।
पूर्वीलमजुङको राइनास नगरपालिका–९ मा रहेको राइनासकोट पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
जिल्लाका पाँच पालिका पूर्ण खोपयुक्त घोषणा भएका छन् । दश पालिका रहेको जिल्लाका ढोरपाटन, जैमिनी, गलकोट, बागलुङ नगरपालिका र ताराखोला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।