• ८ जेठ २०८२, बिहिबार

एचजेबिएल : गोल्डेनगेटको चौथो जित

blog

मोस्ट भ्यालुएबल प्लेयरको पुरस्कार थाप्दै निकेश मगर ।

काठमाडौँ, जेठ ८ गते । गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा चौथो जित निकालेको छ ।

कीर्तिपुर कभर्डहलमा जारी प्रतियोगितामा गोल्डेनगेटले रोयल्सलाई ८२–७४ ले हरायो । चौथो जितपछि गोल्डेगेटले पाँच खेलबाट शीर्ष स्थानको हाउन्डससँगै समान नौ अङ्क बनाएको छ । तेस्रो हार खेपेको रोयल्स सात अङ्कसहित चौथो स्थानमा छ ।

गोल्डेनगेटले पहिलो क्वाटरमा २५–१२ को अग्रता लिँदै खेल सुरु गरेको थियो । तर दोस्रो क्वाटरमा रोएल्सले पुनरागमन गर्‍यो । दोस्रो क्वाटर २९–१३ ले आफ्नो पक्षमा पारेपछि रोयल्सले हाफ टाइमसम्म ४१–३८ को अग्रता बनायो ।

त्यसपछि तेस्रो र चौथो क्वाटरमा गोल्डेनेट खेलमा फर्कियो । गोल्डेनगेटले तेस्रो क्वाटर २७–२१ र चौथो क्वाटर १७–१२ ले आफ्नो पक्षमा पारेको थियो । गोल्डेनगेटका लागि निकेश मगरले सर्वाधिक २७ स्कोर गर्नुभयो ।

निकेश खेलको मोस्ट भ्यालुएबल प्लेयर घोषित हुनुभयो । रोयल्सका लागि विनोद महर्जनले २३ स्कोर गर्नुभयो ।