याकलाई हिमाली क्षेत्रका बासिन्दाको प्रमुख आर्थिक आधार मानिन्छ । विषेश गरी याक पालन तीन हजार मिटरभन्दा माथिको क्षेत्रमा गरिन्छ ।
नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय चाँडै सञ्चालनका लागि शनिबार छलफल गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रियसभा सदस्यसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गरेको हो ।
गत शनिबार एक साताका लागि स्थगित भएको लमजुङ तरुण दलको अधिवेशन पुनः स्थगित भएको छ । निर्वाचन समितिले पुनः सूचना प्रकाशिन गरि अधिवेशन स्थगित भएको जानकारी दिएको हो ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८/०८३ को वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धमा प्रदेशसभा सदस्यहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आयोजित एक उच्चस्तरीय बैठकमा सम्बोधन गर्दै रूस हाल पनि विश्वका प्रमुख हतियार निर्यातकर्ता देशहरूमध्ये अग्रस्थानमा कायम रहेको जानकारी दिनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा भइरहेको युद्ध अहिले सबैभन्दा पीडादायी र क्रूर अवस्थामा पुगेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू नगण्य रहेको बताउनुभएको छ ।
कोशी प्रदेश सरकारले ताप्लेजुङ जिल्लाका लागि ६ वटा बहुवर्षे योजना स्वीकृत गरेको छ । कोशी प्रदेश सरकारले बहुवर्षे योजनाअन्तर्गत पाँच करोडदेखि ७५ करोड रुपियाँ माथिका ६ वटा योजना स्वीकृत गरेको हो ।
यहाँको बरेङगाउँपालिका–३ बाटाकाचौरकी ८२ वर्षीया भागीरथी लुहारले बिहीबार गाउँमै विशेषज्ञ चिकित्सक भेट्नुभयो ।
उच्च हिमाली क्षेत्रमा औसतभन्दा बढी तापक्रम हुने भनिएकाले हिम पहिरोदेखि हिमताल विस्फोटका घटना पनि सँगसँगै हुने अवस्था रहेको विज्ञहरूको चेतावनी छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना एवं गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको सहआयोजनामा शुक्रबारदेखि पोखरामा गाउँ पर्यटन मार्ट सुरु भएको छ ।
ट्रयाक खुलेको २५ वर्षपछि ओढारचौर–ढोडेनी सडक कालोपत्र भएको छ । सदरमुकामबाट नजिकै रहेर पनि सडक सुविधाबाट बञ्चित बनेका बागलुङ नगरपालिका वडा नं. ४ ढोडेनीबासीले गैँची, बेल्चा र कोदालोको सहायताले २०५६ सालमा ट्याक खोलेको ओढोरचौर–ढोडेनी कालोपत्र गरिएको हो ।
शुक्रबार रातिको अविरत वर्षाका कारण अवरुद्ध भएको पूर्व पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालन भएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिकाले मध्यावधि कार्य प्रगति सार्वजनिक गरेको छ । नगर प्रमुख कालुमान लामालगायत स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुले नगरदेखि वडा तहसम्ममा रहेर सम्पादन गर्नुभएका विकास निर्माणका विभिन्न कार्यक्रमहरुको प्रगति विवरण सार्वजनिक गरिएको हो ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले माथि आलोचना भयो भन्दैमा आत्तिन नपर्ने बताउनुभएको छ । राष्ट्रिय चिकित्सक सङ्घको भरतपुरमा सुरु भएको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले काम गर्ने पार्टीकै आलोचना हुने भएकाले यसमा धेरै चिन्ता लिन नपर्ने बताउनुभयो ।