मोरङ जिल्लामा पछिल्लो समय अवैध लागु औषध ओसारपसार, कारोबार र प्रयोग नियन्त्रणका लागि प्रहरीले व्यापक अभियान सञ्चालन गरेको छ । सिमानाबाट हुने लागु औषधको अवैध ओसारपसार, कारोबार तथा दुर्व्यसन नियन्त्रण अभियानलाई प्राथमिकतामा राख्दै प्रहरीले सशक्त कदम चालेको हो ।
नेपाल मिक्स बक्सिङ सङ्घ, उमा नेपाल र बूढानीलकण्ठ कुङफुको संयुक्त आयोजनामा प्रथम एसियाली मिक्स बक्सिङ प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
धनुषाको सबैला नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै नगरभित्रका सामुदायिक विद्यालयका लागि एकै पटक ३२ जना शिक्षक नियुक्ति गरेको छ ।
विभागीय टोलीद्वय एपिएफ क्लब र नेपाल पुलिस क्लबले पोखरामा जारी नवौँ प्रधानमन्त्री कप एनभिए लिग महिलातर्फ लगातार दोस्रो जित निकालेको छ ।
अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो नगरमा बिहान बाक्लो कुहिरोबिच एक सानो निजी विमान आवासीय क्षेत्रमा खस्दा पाइलटसहित विमानमा सवार सबै ६ जनाको मृत्यु भएको छ ।
ललितपुरस्थित ग्वार्काे चोकको फ्लाइओभर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । जेठभित्रै दुवैतर्फको र्याम्प (फ्लाइओभर र सडकलाई जोड्न बिचमा माटो भरेर निर्माण गरिएको संरचना)मा कालोपत्रे सकिनेपछि गाडी सञ्चालन गर्ने योजना गरिएको छ ।
बर्दियामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । सर्प टोकाइबाट मधुवन नगरपालिका–१ पत्थरबोझीकी ३८ वर्षीया हिरा थारूको मृत्यु भएको हो ।
काठमाडौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड कराते प्रतियोगितामा काठमाडौँ महानगर टिम च्याम्पियन बनेको छ ।
बङ्गलादेशका अन्तरिम सरकार प्रमुख तथा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले शनिबार देशका प्रमुख राजनीतिक दलहरूसँग भेटवार्ता गर्ने तयारी गर्नुभएको छ । यो वार्ता पछिल्लो समय सरकारमाथि बढ्दो राजनीतिक दबाबको सन्दर्भमा महत्त्वपूर्ण मानिएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका–१, पानी ट्याङ्की चोकमा शनिबार बिहान टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले नेपालीहरुले स्वदेशमै गुणस्तरीय उपचार सेवा पाउनुपर्ने बताउनुभएको छ । अन्य मुलुकमा उपचार गराउदा नेपाली रुपियाँ बाहिरिने गरेको बताउनुहुँदै मन्त्री खड्काले बिरामीहरुको उपचार नेपालमै गरिनुपर्ने बताउनुभएको हो ।
लामो इतिहास बोकेको लाँकुरी चौपारी मासेर तम्घासको मुटुमा आधुनिक थ्रिडी पार्क बनेका पाँच वर्ष भयो । नयाँ संरचनाको थ्रिडी पार्क युवा पुस्तालाई मन परे पनि तम्घासका धेरैले यसको आलोचना गरे ।
पर्यटनको सम्भावना रहेको यहाँको माङसेबुङ गाउँपालिका–२ इभाङस्थित चमेरे गुफा ओझेलमा परेको छ । देउमाई खोलाको किनारसँगै पहाडको फेदीमा रहेको चमेरे गुफाको उचित प्रचारप्रसार हुन सकेको छैन ।
शिक्षा र सामाजिक सेवामा क्रियाशिल राजशान्ती फाउन्डेसनले सुन्दरबजार नगरपालिकाभित्रका विभिन्न विद्यालयमा पोशाक, शैक्षिक सामग्री, पुरस्कार र अक्षयकोष स्थापनामा सहयोग गरेको छ ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युरोपेली सङ्घबाट आयात हुने सम्पूर्ण वस्तुमा ५० प्रतिशत कर लगाउने र यदि एप्पल कम्पनीले आफ्ना फोनहरू अमेरिकाभित्र उत्पादन नगरेमा ती सामानमा २५ प्रतिशत कर लगाइने चेतावनी दिनुभएको छ ।