काठमाडौँ, जेठ १० गते । काठमाडौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड कराते प्रतियोगितामा काठमाडौँ महानगर टिम च्याम्पियन बनेको छ ।
कीर्तिपुरस्ति कभर्डहलमा शनिबार सम्पन्न प्रतियोगितामा काठमाडौँले चार स्वर्ण, तीन रजत र ६ काँस्य जित्न सफल भयो । प्रतियोगितामा कुल १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।
काठमाडाँका आठ नगरविच भएको प्रतिस्पर्धामा पुरुष कुमितेतर्फ ४२ केजिमा गोकर्णेश्वर पाशनुरी शेर्पा, पुरुष ४७ केजीमा गोकर्णेश्वरका मिलन मगर, पुरुष ५२ केजिमा काठमाडौँका किस्मत कुवर, ५७ केजीमा काठमाडौँका उत्सब गुरुङ, ६२ केजिमा काठमाडौँका प्रशन लामा र पुरुष एकल कातामा चन्द्रागिरीका प्रथम मानन्धरले स्वर्ण पदक जित्नुभयो ।
महिला कुमितेतर्फ ४० केजीमा तार्केश्वरकी एलिना तामाङ, ४५ केजीमा काठमाडौँकी दिब्या प्रधान ५० केजीमा तार्केश्वरकी सलिना प्रधान, ५५ केजीमा चन्द्रागिरीकी निकिता स्याङ्तान, ६० केजीमा गोकर्णेश्वरी टिकामाया जिम्मी र महिला एकल कातामा चन्द्रागिरीकी सिपारा नेपालीले स्वर्ण पदक जित्नुभयो ।
पदक विजेता खेलाडीलाई नेपाल कराते महासङ्घका महासचिव दावा गुरुङ काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाईकृष्ण बलामी, कराते महासङ्घ काठमाडौँका अध्यक्ष ज्ञानबहादुर जिम्बा लगायतले पुरस्कार प्रदान गर्नुभयो ।