प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मंगलबार भएको लगानी बोर्डको ६३ औँ बैठकले नेपालमा रासायनिक मल उत्पादन कारखाना सम्बन्धमा अन्तिम विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई समीक्षा गरी अघि बढाउने निर्णय गरेको छ।
भारतको सुडा घर भएका ३२ वर्षीय हरिलाल रानालाई पक्राउ गरिएको हो। प्रहरीले उनको साथबाट छ लाख ३४ हजार मूल्य बराबरको तीन केजी ३७० ग्राम चाँदीका गरगहना बरामद गरेको छ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सबैजना मानव अधिकारप्रति सचेत र जिम्मेवार हुन जरुरी रहेको बताउनुभएको छ।
लिम्बू पत्रकार सङ्घ ताप्लेजुङको अध्यक्षमा कृष्ण फुरुम्बो (लिम्बू) चयन हुनुभएको छ। मङ्गलबार भएको चौंथो जिल्ला अधिवेशनले लिम्बूको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन हुनुभएको हो।
तनहुँको जम्मादेवी प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानो लुगा र खेल सामाग्री वितरण गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले मङ्गलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई स्वागत गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको मनसुनी अवस्थाबारे जानकारी लिनुभएको छ। मंगलबार बबरमहलस्थित विभागको कार्यालयमा पुगेर प्रधानमन्त्री ओलीले यस वर्षको मनसुनी अवस्थाबारे विज्ञसँग जानकारी लिनुभएको हो।
तनहुँको एक गाउँपालिकाको जनप्रतिनिधी तथा बासिन्दालाई जिल्ला बाहिर परिचय दिँदा गलत नाम र ठाउँ बुझ्ने समस्या हटाउन महोत्सवको आयोजना गरिएको छ ।
सिरहाको तत्कालीन नवलपुर गाउँपालिका अध्यक्ष विश्व मोहनप्रसाद यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव बुधबार मलेसिया जाँदै हुनुहुन्छ ।
सञ्चारिका समूह नेपाल, सेन्टर फर रिप्रोडक्टिभ राइट्स र महिला, कानुन र विकास मञ्चको संयुक्त आयोजना ‘मेरो शरीर मेरो अधिकार’ भन्ने नारासहित आयोजित सुरक्षित गर्भपत र निरअपराधिकरण सम्बन्धी छलफल कार्यक्रममा सरोकारवालाले यस्तो ठहर गरेका हुन् ।
देशको कला, संस्कृति र संस्कारको जीवन्त चित्रण गर्ने सशक्त माध्यममध्येको एक चलचित्रमार्फत हाम्रो सामाजिक मूल्यमान्यता, रीतिरिवाज, आदर्श र जीवनशैलीलाई उजागर गर्ने क्रम देखिएको छ ।
शहरी विकास मन्त्रालयले नयाँ आर्थीक वर्षबाट साउन १ गतेबाट सरकारी कामकारवाही पेपरलेस हुने भएको छ । शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले साउन १ गतेबाट एकीकृत कार्यालय व्यवस्थापन प्रणाली( जीआईओएमएस) प्रणालीबाट हुने जानकारी दिनुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलबिच भेटवार्ता भएको छ ।
नेपालले मे ३० र जुन २ तारिखमा घरेलु टोली थाइल्यान्डसँग खेल्न लागेको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ गरिएको छ ।