सुदूरपश्चिम प्रदेश सभा सञ्चालन गर्नका लागि सत्तारुढ र प्रतिपक्ष दलबिच सहमति भएको छ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानव अधिकारको सवालमा आफू सचेत हुनुपर्ने र अरूको सम्मान गर्नुपर्ने बताउनुभएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ।
गुल्मीको मुसिकोट नगरपालिका र जापानको आईता प्रान्तस्थित बुङ्गो ओनो नगरपालिकाबिच मैत्रीपूर्ण सहयोग आदान–प्रदान सम्झौता भएको छ ।
महोत्तरीको प्रमुख व्यापारिक नाका जलेश्वर भन्सारको राजश्व असुलीमा निरन्तर गिरावट आएको छ ।
मंगलबार पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्नु भएको हो। बहुउदेश्य सभाहलबाट सेवा सुविधा दिँदै आएको गाउँपालिकाले सात वर्षपछि गाउँपालिकाको भवन पाएको हो।
महोत्तरी निर्वाचन क्षेत्र ४ (ख) का प्रदेशसभा सदस्य सरोजकुमार सिंहका स्वीकय सचिव विनोदकुमार लाल कायस्थ पक्राउ पर्नुभएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम गर्न गएका नेपाली श्रमिकहरुलाई गन्तव्य देशले दासको व्यवहार गर्न नपाइने बताउनुभएको छ ।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संविधानमा लैङ्गिक समानताको विषयमा स्पष्ट रूपमा उल्लेख गरेको भएपनि पार्टीहरु नै कार्यान्वयनको पक्षमा कमजोर रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रले मङ्गलबार आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
नवलपुरबाट फरक–फरक मुद्दाका तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कावासोती नगरपालिका –११ बुडौलीकुनाका ४२ वर्षीय राजु विश्वकर्मा, कावासोती–१४ का ४५ वर्षिय मदन श्रेष्ठ र मध्यविन्दु नगरपालिकाका –११ का ३४ वर्षिय बिश्वनाथ न्यौपाने रहेको नवलपुर प्रहरीले जनाएको छ ।
जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा जिप दुर्घटनामा परी घाइते भएकालाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ ।
दाङको लमही नगरपालिकाले चालु आर्थिक वर्षको दश महिनामा करिब साढे पाँच करोड रुपियाँ राजश्व सङ्कलन गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् सुरु हुनु अघि नै आवश्यक पूर्व तयारी तथा रोकथामका लागि तयारी थालेको छ ।
नेपाल बार एशोसिएशन सल्यानको नयाँ नेतृत्व चयन भएको छ । सल्यान जिल्ला अदालत बार इकाइ सल्यानको १२ औं अधिवेशनबाट अधिवक्ता इन्द्रबहादुर भण्डारी सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो।