• १७ जेठ २०८२, शनिबार

बाजुरा जिप दुर्घटना : घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज लगियो

blog

बाजुरा जिप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरबाट थप उपचारका लागि नेपालगञ्ज लगिँदै । तस्बिर : संगिता तिमिल्सेना

संगिता तिमिल्सेना
बडीमालिका, जेठ १३ गते ।
जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा जिप दुर्घटनामा परी घाइते भएकालाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ ।

मङ्गलबार बिहान जिप दुर्घटना हुँदा बुढीनन्दा नगरपालिका–२ का अन्दाजी २५ वर्षका नन्दबहादुर तिरुवा र २२ वर्षीया लोकेन्द्र तिरुवा घाइते हुनुभएको छ । घाइते दुवै जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको हो ।

घाइतेलाई घटनास्थलबाट कोल्टी अस्पतालमा उपचारका लागि एम्बुलेन्समार्फत ल्याइएको भए पनि गम्भीर चोट लागेको भएपछि कोल्टी अस्पताल बाजुराको समन्वय तथा नागरिक उड्डययन तथा संस्कृत पर्यटन मन्त्रालयको पहलमा थप उपचारका लागि नेपालगञ्ज पठाइएको हो ।

जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा रहेको नेपाल टेलिकमको टावर मर्मत गर्न जाने क्रममा भएको जिप दुर्घटना भएको हो । दुर्घटनामा टेलिकमका कार्यालय प्रमुख लोकबहादुर खड्का, कर्मचारी रवीन्द्र धामी र जिप चालक कर्णबहादुर महताराको घटनास्थलमै मृत्यु भएको छ । 

नेपाल टेलिकमको बा ५ च २२०९ नम्बरको जिप सडकबाट अन्दाजी ८० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभएको छ ।

यो पनि पढ्नुहोस