अचेल सखरको चर्चा हुने गरेको छ । चिनीभन्दा धेरै हदमा सखर राम्रो भनिएपछि सखर खोज्ने मानिस बढेका छन् ।
काठमाडौँ जेठ १४ गते । साधारण शेयर बिक्रीको प्रक्रियामा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको सेयर अण्डरराईटिग ९धितोपत्र प्रत्याभूति०का लागि एलिट क्यापिटल लिमिटेडले जिम्मेवारी लिएको छ । एलिट क्यापिटल र कान्तिपुर फर्मास्यूटिकल्सबीच सो सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । एलिटले कान्तिपुरको रु १७ करोड बराबरको १७ लाख कित्ता साधारण शेयरको प्रत्याभूति गरेको हो । यससम्बन्धि सम्झौतामा मंगलवार कान्तिपुर फर्मास्यूटिकल्सका प्रबन्ध सञ्चालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गर्नुभयो । कान्तिपुर फर्मास्यूटिकल्सले शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।कूल रु ६३ करोड चुक्तापुजी भएको सो कम्पनीले अंकित मूल्य रू १०० मा १७ लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । सन् २०१८ मा स्थापित भएको यस कम्पनीले भेटेरिनरी सम्बन्धीे औषधिको अनुसन्धान तथा पशुपंछीका लागि आहारपुरक सप्लिमेन्टस् उत्पादन तथा बिक्री वितरण गरिरहेका छन् । हाल कम्पनीले औषधि व्यवस्था विभागबाट ६१ वटा औषधिहरूको उत्पादन स्वीकृति प्राप्त गरिसकेको छ । जसमध्ये १३ वटा औषधिहरूको बिक्री वितरण प्रमाणपत्र प्राप्त गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । अन्य औषधिहरूको बिक्री वितरण प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । साथै कम्पनीले २१ वटा अन्य आहारपुरक सप्लिमेन्टसहरूको समेत उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।
राममणि दाहालमकवानपुर, जेठ १४ गते । हेटाैँडा उपमहानगरपालिका ७ मिलनचोक हजमोला (चट्कोला) खाँदा जिब्रोमा घाउ भएको र सिसाको टुक्रा फेला परेको भन्दै स्थानीय प्रशासनले अनुसन्धान थालेको छ ।जिल्ला प्रशासन कार्यालय मकवानपुर र खाद्य गुणस्तर तथा प्रविधि नियन्त्रण कार्यालय, हेटौँडाले हजमोला खाँदा जिब्रोमा घाउ भएको पीडित पक्षको गुनासोपछि हजमोलाको नमुना सङ्कलन गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।हेटौँडा ७ की वर्ष २४ की इस्मिता पौडेल र हेटौँडा ४ बस्ने वर्ष २५ की श्रेय रिजनलले हेटाैँडा ४ पारिजात पथमा सञ्चालन गरिएको एक पसल (मार्ट) बाट हजमोला (चट्कोला) किनेर लगेकोमा निज दुवै जनाले खाँदा दुवै जनाको जिब्रोमा चोट लागेको र सिसाका कारण घाउ भएको जनाउनुभएको छ ।उनीहरूले हजमोला चपाउँदा सिसा चपाएको जस्तो महसुस भएको जनाएका छन् । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलले स्थानीयको गुनासो र उक्त घटना सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय र खाद्य गुणस्तर तथा प्रविधि नियन्त्रण कार्यालय मकवानपुरको संयुक्त टोलीले उक्त मार्टमा अनुगमन गरी नमुना सङ्कलन गरेको बताउनुभयो ।यस्तै खाद्य तथा गुण प्रविधि नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत पङ्कज दाहालले अनुगमन टोलीले उक्त पसलमा बिक्रीका लागि राखिएको हजमोलाका ११ बोतल सङ्कलन गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो । प्रयोगशालामा अनुसन्धान थालेका छौँ उहाँले भन्नुभयो, अनुसन्धानका प्रतिवेदन नआएसम्म उक्त पसलमा हजमोला बिक्रीमा रोक लगाइएको छ र अन्य केही पसलबाट पनि नमुना सङ्कलन गरिएको छ ।उहाँले हजमोलाका उत्पादनमा केही असामान्य तत्त्व भेटिएको उजुरीपछि नमुना सङ्कलन गरी अनुसन्धान सुरु गरिएको बताउनुभयो । उक्त चट्कोलाभित्र सिसाको टुक्रा फेला परेको पौडेल र रिजालको भनाई छ ।दुवै जनाले चट्कोला सेवन गर्दा जिब्रोमा चोट लागेपछि हेटौँडा अस्पताल उपचार गरिएको थियो ।
दाङको तुलसीपुर बजारभित्र तुलसी बोर्डिङ चोकदेखि पूर्वतिर ठूला–ठूला घर छन् । ति घर आफ्नै जग्गामा बनेका हुन्, भन्ने लाग्ला । तर, त्यसो होईन्, चार-पाँच फ्लाइटका ती घर त मन्दिरको नामको जग्गामा बनेका घर हुन् ।
काठमाडौँ, जेठ १४ गते । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्ने कार्यसूची छ । मङ्गलबार प्रतिपक्षी दलहरुको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो । आजको बैठकका लागि सङ्घीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्ने कार्यसूची तय भएको छ । यसैगरी, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१-८२ को आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ । सम्भावित कार्यसूची अनुसार, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि दफावार छलफल गरी आजै पारित गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ । यसैगरी, प्रतिनिधिसभाको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेश गर्नुहुनेछ । युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । त्यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्दैछ । राष्ट्रियसभामा पनि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१-८२ को आर्थिक सर्वेक्षण गर्ने सम्भावित कार्यसूची छ । यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । राष्ट्रियसभाको बैठकमा आज शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, स्वास्थ्य तथा जनसङ्ख्या र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।
काठमाडौँ, जेठ १४ गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने छ ।महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । बागमती र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने छ ।
सरकारले कालीगण्डकी कोरिडोर ‘गैँडाकोट–राम्दी–मालढुङ्गा’ सडक अन्तर्गतको राम्दी–रानीमहल सडकखण्ड तथा हार्मीचौर–बलेवा–मालढुङ्गा सडकखण्डमा सडक स्तरोन्नति गर्दा क्षति हुने २७ वटा घरटहराको क्षतिपूर्ति दिने भएको छ ।
एक हातमा घमौरा बाँधेको लौरी र अर्कोमा चिठीपत्रले भरिएको झोला बोकेको व्यक्तिलाई देख्दा सर्वसाधारणले हुलाकी भनेर चिनिहाल्थे ।
बाँकेको डुडुवा गाउँपालिकाले किसानलाई अनुदानमा उन्नत जातको धानको बीउ वितरण गरेको छ । यस वर्षदेखि पालिका आफैँले बीउ तयार गरेर वितरण सुरु गरेको हो ।
ओखलढुङ्गामा सामूहिक बलात्कारमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। मोलुङ गाउँपालिका-२ का पाँच जना किशोरलाई सामूहिक बलात्कार आरोपमा पक्राउ गरेको हो।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित प्रथम सिदिङ्वाधाम पर्यटन महोत्सव–२०८२ को अवसरमा पुरुष तथा महिला म्याराथन हुने भएको छ ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले प्रदेशमा १६ स्थानमा वर्षा तथा नदी सतह मापन गर्ने केन्द्र जडान भइसकेको जानकारी दिनुभएको छ।
पछिल्ला केही केही वर्षयता सहरदेखि ग्रामीण क्षेत्रमा सडक बत्ती जडान तीव्र गतिमा बढेको छ। बाटो उज्यालो राख्न र सुरक्षाको दृष्टिकोणले जडान गरिएका यस्ता बत्तीले भने चरा वासस्थानमा गम्भीर असर पार्न थालेका छन्।
गोरखापत्रको १२५ औं वर्ष
लमजुङको मस्र्याङ्दी गाउँपालिकामा तीनसय रोपनी क्षेत्रफलमा ब्यावसायिक अकबरे खुर्सानी खेती गरिएको छ ।