नेपाल बार एशोसिएशन सल्यानको नयाँ नेतृत्व चयन भएको छ । सल्यान जिल्ला अदालत बार इकाइ सल्यानको १२ औं अधिवेशनबाट अधिवक्ता इन्द्रबहादुर भण्डारी सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो।
नवौँ प्रधानमन्त्री एनभिए कप भलिबलमा टिप टप न्यु डायमन्ड स्पोर्टस क्लब महिलातर्फ फाइनलमा प्रवेश गरेको छ। पोखरा रङ्गशालाको कभर्ड हलमा मंगलबार दोस्रो खेलमा एपिएफ क्लबलाई ३–० सोझो सेटमा पराजित गरेर न्यु डायमन्डले फाइनमा स्थान बनाएको हो।
चीनले ‘तियानवेन–२’ नामक अन्तरिक्ष यान यही मे २९ गते प्रक्षेपण गर्ने घोषणा गरेको छ । उक्त यानले पृथ्वीको नजिक रहेको एउटा क्षुद्रग्रह तथा ग्रहहरू बीच रहेको एउटा अनौठो पुच्छ्रेताराको अध्ययन तथा नमुना सङ्कलन गर्नेछ ।
कुखुरा खान खोरमा पसेका चितुवाले आक्रमण गर्दा स्याङ्जाको वालिङमा एक जान घाइते हुनु भएको छ । वालिङ नगरपालिका –११ तल्लो पेखुका ४५ वर्षीय मुक्तबहादुर थापा आफ्नो कुखुराको खोरमा पसेको चितुवाको आक्रमणबाट घाइते हुनु भएको हो ।
खाद्य चक्रमा महत्त्वपूर्ण योगदान पुर्याउने पानीको कुचीकार कछुवाको अवस्था नेपालमा सुधारोन्मुख देखिएको छ । मान्छेमा आएको चेतना र कानुनी दण्ड सजायको डरका कारण विगतको तुलनामा कछुवाको अवस्था सुधारोन्मुख भएको हो ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आफूहरूले गरेको सिफारिसहरू न्यून मात्रै कार्यान्वयन हुने गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
बङ्गलादेशको सर्वोच्च अदालतले मङ्गलबार देशको प्रमुख इस्लामी पार्टी जमात–ए–इस्लामीका वरिष्ठ नेता ए.टी.एम. अजहरुल इस्लामलाई मानवीय अपराधको मुद्दामा दिइएको मृत्युदण्ड सजाय रद्द गर्दै रिहा गर्ने निर्णय सुनाएको छ । उहाँ सन् २०१२ देखि हिरासतमा थिए ।
गण्डकी प्रदेश सरकारले पाँच वर्षदेखि रोकिएको वन संवर्धन प्रणालीमा आधारित वन व्यवस्थापन निर्देशिका २०८२ जारी गरेको छ ।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।
भार्से गाउँ प्रकृतिको अनुपम उपहार हो । गाडीमा रिडी–रुद्रवेणी–वामीटक्सार सडक खण्डबाट करिव एक घण्टा उकालो चढेपछि भार्से पुगिन्छ । भार्से चारैतिरबाट पहाडले घेरिएको रमणीय उपत्यका हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनको काम सुरु गरेको छ । बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सामग्री उत्पादन गर्दै बजारीकरण गरेर नगरवासीको आयआर्जनमा वृद्धि गराउने योजनाका साथ नगरपालिकाले प्रवद्र्धनको काम सुरु गरेपछि उद्यमी उत्साहित बनेका छन् ।
म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले हिमालको संरक्षण हामी सबैको साझा कर्तव्य रहेको उद्घोष गर्नु भएको छ ।
संरक्षण क्षेत्रमा मिचाहा (अतिक्रमण) प्रजातिका बनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाहा प्रजातिका झारहरु बढ्न थालेपछि संरक्षणकर्मी र स्थानीय समुदाय चिन्तित बनेका छन् ।
गुल्मीको रुरुक्षेत्रमा पालिकास्तरीय लोक भजन प्रतियोगिता सम्पन्न भएको छ । रुरुक्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्वलाई थप उजागर गर्नका लागि आयोजना गरिएको लोक भजन प्रतियोयागितामा ग्वादी भजन समूह प्रथम भएको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।