जिल्ला सदरमुकाम खलङ्गास्थित पिपलडाँडा बस्ती सुनसान भएको छ । जिल्ला सदरमुकामस्थित भेरी नगरपालिका–३, पिपलडाँडाका घर भूकम्पले क्षतिग्रस्त गरेपछि बस्ती सुनसान बनेको हो ।
उदयपुरको ताप्ली गाउँपालिका–५, कुनाहीस्थित सुनकोशी किनारमा सम्पवेल राखेर निर्माण गर्न लागिएको कोशी प्रदेशकै सबैभन्दा ठुलो खानेपानी योजनामा ढिलासुस्ति भएको छ ।
छविलाल पाण्डेबुटवल, जेठ १४ गते । बुटवल उपमहानगरपालिका ११ होराइजन चोकस्थित मिलीजुली पथमा एक आमा सहित दुई बच्चाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार आज बिहान करिब ४ बजेतिर हत्याको घटना भएको हो । प्रहरीले सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी ती महिलालाई उनकै पूर्व श्रीमानले बुधवार बिहान ४ बजेतिर हत्या गरेको आशङ्का गरेको छ । स्थानीयले घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको बताएका छन् । स्थानीयका अनुसार हत्या गर्ने सुजन कोइराला हुन् । हत्या हुनेमा ३१ बर्षीया दिपा बस्याल र उनका छोरी ७ बर्षीया स्नेहा बस्याल र ४ बर्षीया नानी बस्याल रहेका छन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त सुजन आफ्नै दाजुको हत्या गरी जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आममाफी पाएर छुटेका थिए । उनीहरूबिच करिब आठ बर्सअघि सम्बन्ध विच्छेद भएको बताइएको छ ।
सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आज बिहान २ः३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले रु दुई करोड ४६ लाखको लागतमा बराहपाखोमा पानी शुद्धीकरण गर्ने नौ लाख लिटर क्षमताका तीनवटा ट्याङ्की निर्माण गरेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धादिङको त्रिपुरासुन्दरी गाँउपलिकामा निर्माण भएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको उद्घाटन गर्नुभएको छ ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ ।
म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङका सेवा निवृत्त शिक्षक मोतिराज गौतमले हाते कागज उद्योग सञ्चालनमा ल्याउनुभएको छ । एकचालिस ४१ वर्ष लामो शिक्षण पेसाबाट अवकाश लिएपछि गौतमले मालिका गाउँपालिका–५ थापा चौरमा जग्गा भाडामा लिएर ‘मालिकाका गज उद्योग’ सञ्चालनमा ल्याउनुभएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बागलुङको प्रसिद्ध मालिका मन्दिर पुनःनिर्माण गरेको छ । अहिले मन्दिरको पुनःनिर्माण सकिएर तामाको छानो राख्ने तयारी गरिएको छ ।
डुडुवा गाउँपालिकाले किसानलाई धानको बीउ वितरण सुरु गरेको छ । यस वर्षदेखि पालिका आफैँले वीउ तयार गरेर वितरण सुरु गरेको हो । धानको मूल बीउ उत्पादन गरी पालिकाले उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको थियो ।
बलात्कारको अभियोगमा पर्साका दुई जना पक्राउ परेका छन् । जगरनाथपुर गाउँपालिका–६ सङ्ठीका २३ वर्षीय विशाल यादवलाई किशोरी बलात्कारको अभियोगमा पक्राउ गरिएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
कर्णाली प्रदेश सरकारले जेठको पहिलो हप्तासम्म कुल बजेटको ३५ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठ १० सम्म कर्णाली प्रदेशको खर्च प्रगति ३५.२८ प्रतिशत रहेको हो । अघिल्लो वर्ष ३०.६७ प्रतिशत थियो ।
आन्तरिक राजस्व कार्यालय, कञ्चनपुरले लामो समयदेखि कर नबुझाउने ६५ करदारतामाथि कारबाही अगाडि बढाएको छ । पटक पटक कर दाखिलाका लागि आग्रह गरिए पनि अटेरी गर्ने करदातामाथि कारबाही अगाडि बढाइएको उक्त कार्यालयले जनाएको हो ।