• ३० जेठ २०८२, शुक्रबार

शहिदलखन गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

blog

गोरखाको शहिद लखन गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्नुहुँदै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’।

गुणबहादुर रोका 

सुलीकोट, जेठ १३ गते। गोरखाको शहिद लखन गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन भएको छ। मंगलबार पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्नु भएको हो। बहुउदेश्य सभाहलबाट सेवा सुविधा दिँदै आएको गाउँपालिकाले सात वर्षपछि गाउँपालिकाको भवन पाएको हो। 

भवन उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्री प्रचण्ड, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सदस्य राजेन्द्र बजगाईं, गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल लगायतको उपस्थिति थियो। 

भवन कुल सात करोड ७८ लाख रुपियाँमा निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले वजानकारी दिनुभयो। 

प्रशासनिक भवन कुल सात करोड ७८ लाख रुपियाँ बजेटमा निर्माण गरिएको गाउँपालिकाका इन्जिनियर राजन रानाभाटले जानकारी दिनुभयो। 

गाउँपालिका र अभिसा बिकन जेभी निर्माण कम्पनी बीच २०७७ साल चैत २ गते सम्झौता भएर भवन २०८२ साल असार मसान्तमा सम्पन्न भएको इन्जिनियर राजन रानाभाटले जानकारी दिनुभयो।