काठमाडौँ, जेठ १३ गते । नेपालले मे ३० र जुन २ तारिखमा घरेलु टोली थाइल्यान्डसँग खेल्न लागेको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ गरिएको छ ।
टोलीलाई मङ्गलबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष ध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई, प्रवक्ता सुरेश शाह, केन्द्रीय सदस्य सरीला श्रेष्ठ मलेकुलगायतले बिदाइ गर्नुभयो ।
एन्फाले यसअघिनै मैत्रीपूर्ण खेलका लागि एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरिसकेको छ । प्रशिक्षक राजेन्द्र तामाङले टोलीमा पुराना खेलाडीलाई नै समावेश गर्नुभएको छ ।
नेपालले एएफसी महिला एसिया कप छनोटको तयारीका लागि थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटको पहिलो चरणका खेलहरु मे ४ तारिखबाट सुरु हुनेछ ।
छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । यस समूहमा नेपालसँगै लाओस, श्रीलङ्का र उज्वेकिस्तान रहेका छन् । समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने एएफसी महिला एसिया कपमा स्थान बनाउनेछ ।
नेपाली महिला टोली
गोलरक्षक : एञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना रानामगर र उषा नाथ ।
रक्षक : अमृता जैसी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे र मनमाया दमाई ।
मिडफिल्डर : अनिता बस्नेत, विमला चौधरी, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, सरस्वती हमाल र सुस्मा तामाङ ।
स्ट्राईकर : सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल ।