उदयपुरको त्रियुगा नगरपालिका-७, होक्सेस्थित मदन भण्डारी लोकमार्गमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले धनुषा र पर्सामा भएका केही धार्मिक सद्भाव र सहिष्णुतामाथि खलल पुर्याउने घटनामा गम्भीर ध्यानाकर्षण जनाउनु हुँदै सबै पक्षसँग तत्काल सद्भाव र सह–अस्तित्वको समेत रक्षा हुने गरी समाजमा हिंसा भड्किन नदिन आग्रह गर्नु भएको छ।
सर्लाहीको साविक हरिपूर्वा गा.वि.स. का तत्कालीन सचिव रामप्रकाश सिंह दनुवार र हरिपूर्वा नगरपालिकामा कार्यरत कार्यालय सहायक अरुण कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आवासलाई लक्षित गरी ड्रोन आक्रमण नगरेको अमेरिकी अधिकारीको निष्कर्ष रहेको बताउनु भएको छ ।
मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशमा शान्ति र सद्भाव कायम राख्न मधेशवासीसँग अपिल गर्नुभएको छ ।
बेलायतमा सोमबारदेखि लागु भएको नयाँ नियमले दिउँसोको समयमा जङ्क फुडको टिभी र अनलाइन विज्ञापनमा प्रतिबन्ध लगाएको छ । यसलाई बेलायत सरकारले बाल्यकालको मोटोपनाको सामना गर्न “विश्वकै अग्रणी कार्य भनि” अर्थायएको छ ।
गुल्मीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आज नारायणी नदी किनारस्थित तटबन्धको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
महोत्तरीको बलवा नगरपालिका–११ मा आज ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी एक महिलाको मृत्यु भएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखिएको युवा पलायन सबैभन्दा ठूलो चुनौती भएको बताउनभएको छ ।
टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यमनमा द्वन्द्वरत पक्षबिच संवाद गर्न आफ्नो देश तयार रहेको बताउनुभएको छ ।
बङ्गलादेशमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालमा भएका जबर्जस्ती अपहरणका घटनामा कम्तीमा २८७ जनाको मृत्यु भएको आशङ्का गरिएको छ ।
बाल यौन दुराचारविरुद्वको कसुरमा अदालतबाट दोषी प्रमाणित भएसँगै फरार रहेका एक व्यक्तिलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।
दक्षिण अफ्रिकाका विभिन्न राजनीतिक, नागरिक समाज र श्रम सङ्घ सङ्गठनहरूले भेनेजुएलामा अमेरिकाको सैन्य कारबाहीको कडा निन्दा गरेका छन् । उनीहरूले यसलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको बताएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ७३ अङ्ककले बढेर दुई हजार ६३९ दशमलव ३७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १० प्रतिशतको वृद्धि हो ।