आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) कालीकोटमा आकाङ्क्षीको भिड लागेको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा एमालेबाट १२ जनाले दाबी पेश गरेका छन् ।
यस वर्षको राष्ट्रिय योग दिवस ‘स्वास्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल आदर्श वाक्यका साथ मनाइँदैछ । नेपालमा हरेक वर्ष माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाइँदै आएको छ ।
ललितपुर ब्याडमिन्टन सङ्घ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मङ्गलबारबाट हुने भएको छ ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रम अन्तर्गत कावासोती नगरपालिकाले विज्ञान शिक्षक क्षमता विकास कार्यशालाको आयोजना गरेको छ ।
देशको समग्र आर्थिक अवस्थाको तथ्याङ्कीय माध्यमबाट यथार्थ चित्र प्राप्त गर्न सरकारले दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ सञ्चालन गर्ने भएको छ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले पूर्ण अपाङ्गता भएका नगरवासीलाई न्यानो कपडा वितरण गरेको छ । नगर प्रमुख धनपत यादवसहित वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतको टोलीले रामग्राम १ सन्डामा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरेको हो ।
बागलुङमा जारी आठौँ बागलुङ महोत्सव अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको उपाधि होटल समिट धौलागिरीले जितेको छ ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपुरमा दुई लाख ६८ हजार ५२६ मतदाता कायम भएका छन् ।
ताप्लेजुङको फुङलिङ नगरपालिकामा निर्माण हुन लागेको सामुदायिक भवनको शिलान्यास गरिएको छ । करिब ४० बर्ष पुरानो सामुदायिक भवन भत्काएर निर्माण गर्न लागिएको अत्याधुनिक प्रविधिको बहुद्देश्यीय सामुदायिक भवनको शिलान्यास गरिएको हो ।
बाँकेको कोहलपुरमा पुस ९ गतेदेखि जारी कोहलपुर महोत्सवमा घरेलु उत्पादन वस्तुहरूमा दर्शक–अवलोकनकर्ताको आकर्षण देखिएको छ । महोत्सवस्थलमा राखिएको विभिन्न घरेलु उत्पादनसम्बन्धी वस्तुहरुमा दर्शकको आकर्षण बढेको हो ।
बर्दियामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरले ३० हजार दुई क्विन्टल धान खरिद गरेको छ । खाद्यले किसानबाट सरकारले तोकेको समर्थन मूल्यमा २८ हजार ८२ क्विन्टल मोटा र एक हजार ९ सय २० क्विन्टल मध्यम धान खरिद गरेको हो ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ का लागि पोखरामा सचिवालय स्थापना गरिएको छ ।
इजरायलको चलिरहेको सैन्य कारबाहीको परिणाम स्वरूप १२ हजार भन्दा बढी प्यालेस्टिनी बालबालिका वेस्ट ब्याङ्कमा “जबरजस्ती विस्थापन”को अवस्थामा बाँचिरहेको प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए)ले जनाएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ ।