ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले खेती (कृषि कर्म) गर्न चाहाने किसानलाई सहयोग गर्ने भएको छ । अर्काको जग्गा भाडामा लिएर खेती गर्न चाहाने किसानलाई गाउँपालिकाले अनुदान सहयोग गर्ने भएको हो ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, साङ्ता गाउँ आसपासका क्षेत्र हिउँले छपक्कै छोपेको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिकालाई सडक सञ्जालले जोड्ने साङ्ता आसपासको सडक तथा भिरपाखा सबै हिउँले सेताम्मे भएको हो ।
मुटु छेड्ने पुसको जाडो छ । किरिया आफैँमा कष्टपूर्ण हो । आमाको मृत्युले मदाने गाउँपालिका–४ की तुल्सा सुनारको मन पोलेको छ । तर सेतो कोराभित्र पीडा खेपेरै भए पनि सामाजिक क्रान्तिको अठोट तुल्साले बोकिरहनुभएको छ ।
सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयको गेटै अगाडि अव्यस्थित रुपमा वर्षौदेखि हुँदै आएको मोटरसाइकल पार्किङ हटाएसँगै आउजाउमा सहजता भएको छ ।
लोकतान्त्रिक प्रणाली शक्ति सन्तुलन र नियन्त्रणमा आधारित हुन्छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबिचको शक्ति सन्तुलन र नियन्त्रण लोकतन्त्रको सुन्दर रचना हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र
घोषित मितिमा निर्वाचन हुने शङ्का उपशङ्काबिच पनि मुलुक अब निर्वाचनमय बनेको छ । हेमन्त ऋतुमा मौसम चिसो भए पनि दलहरूका पार्टी एकता, आन्तरिक लोकतान्त्रिक प्रक्रिया महाधिवेशन र निर्वाचनले राजनीतिक सरगर्मी बढेको छ । धमाधम नयाँ दल गठन भएका छन् । दल दलबिचको सहकार्यका चर्चा पनि थपिएका छन् । वैकल्पिक शक्ति पनि सहकार्यमा जुटेका छन् । जन
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरले तीन वटै निर्वाचन क्षेत्रबाट सात जना उम्मेद्वारको नाम सिफारिस गरेको छ ।
१२० वर्ष अघिको गोर्खापत्र
गुलर्या माघ सांस्कृतिक महोत्सव २०८२ (थारु सम्बत २६४९) को तयारी अन्तिम चरणमा पुगेको छ ।
कर्मचारीको वृत्तिपथका विभिन्न अवयवमध्येको एक हो, सरुवा प्रणाली । राज्यका नीतिलाई नतिजामा बदल्न उपयुक्त स्थानमा उपयुक्त उम्मेदवारलाई जिम्मेवारी प्रदान गर्ने, कार्यबोझ कम गर्ने, अनुभव हासिल गरी व्यावसायिकता अभिवृद्धि गर्ने एवं उत्प्रेरित भई उच्च मनोबलका साथ काममा संलग्न हुने वातावरणको सिर्जना सरुवाको माध्यमबाट गर्नु पर्छ । हाम्रो मुलुकमा कतै स
तीन दिनअघि वीरेन्द्रनगर नगरपालिका–१२, बिरुवाबारी सुर्खेतमा गोपी बुढाको कोठामा कोइला बालेर सुतेका कारण अक्सिजन कम भई ३८ दिनको एक शिशुको ज्यान गएको छ । गोपीका श्रीमती तारा बुढा, उहाँकी भदैनी सङ्गम बुढा र छोरा प्रकाश बुढालाई निसास्सिएर बेहोस अवस्थामा उद्धार गरी भेरी अस्पतालमा पु¥याइएको थियो र हाल उहाँहरू उपचाररत हुनुहुन्छ । गोपी बुढा भने कामको सिलसिलामा बाहिर हुनुहुन्छ ।
तनहुँको भिमाद नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण र किसानका समस्या समाधानका लागि ‘किसानसँग नगर प्रमुख’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पोखरा थिएटरको आयोजनामा तयार पारिएको नाटक ‘मखी ताल’ आइतबारदेखि पोखरा महानगरका विभिन्न वडामा मञ्चन गरिएको छ । वातावरण संरक्षण, फोहोर व्यवस्थापन र स्वच्छ जीवनशैलीबारे जनचेतना जगाउन पोखरा महानगरका ३३ वटै वडामा नाटक मञ्चन गरिने छ । नाटक पहिलो दिन पोखरा महानगरपालिका वडा नं. ३०, ३१ र ३२ मा मञ्चन गरिएको छ ।
प्राध्यापक डाक्टर बाबुराम शर्मा पोख्रेलका दुई कृति हिमवत्खण्डको समीक्षात्मक अध्ययन र स्तुति पुष्पाञ्जली सार्वजनिक भएका छन् । डा. पोख्रेलका हिमवत्खण्डको समीक्षात्मक अध्ययनको नेपाली भाषामा अनुवादसहित तथा स्तुति पुष्पाञ्जली संशोधनसहित दोस्रो संस्करण सार्वजनिक भएको हो ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।