कर्णाली प्रदेश सरकारले गत वर्षबाट नयाँ निर्देशिका जारी गरेर दीर्घरोगीलाई उपचारमा सहुलियत दिने गरी ल्याएको कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । सरकारले विपन्न नागरिक उपचार निर्देशिका, २०८१ जारी गरेर उपचारमा सहुलियत दिँदै आएको हो । कार्यक्रम प्रभावकारी भएको देखिए पनि बजेट न्यून हुँदा अपेक्षित रूपमा दीर्घरोगी समेटिन सकेका पाइएको छैन ।
केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् ।
जाजरकोटका सात स्थानीय तहमध्ये पाँच वटा स्थानीय तह निमित्तका भरमा चलेका छन् । तीन नगरपालिका र दुई गाउँपालिका निमित्तका भरमा सञ्चालन भइरहेका हुन् ।
रौतहटको राजपुर नगरपालिका भित्रका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । यहाँका ९ वटै वडाका करिव दुई हजार पाँच सय ज्येष्ठ नागरिकलाई न्यानो कपडाअन्तर्गत ब्लाङ्केट वितरण सुरु गरिएको हो ।
रैथाने सीप र कला संस्कृतिमा जीवन समर्पण गर्नु भएका जुम्ला चन्दननाथ नगरपालिका–३ डाँडाकोट निवासी डा. गोविन्द नेपाली संस्कृति संरक्षणमा लाग्नुभएको छ । उहाँले काठमाडौँमा संग्रहालय बनाउनुभएको छ । देशभरीमा २२ वटा संग्रहालय उहाँकै डिजाईमा निमार्णधिन अवस्थामा छन् ।
डिभिजन वन कार्यालय बाँकेले कार्यालयलाई आधुनिक, प्रविधिमैत्री डिजिटल र सेवामैत्री बनाउने लक्ष्यसहित भौतिक निर्माण, पुनःसंरचना र सौन्दर्यकरण (बगैँचा) निर्माण तीव्र रूपमा गरिरहेको छ ।
काठमाडौँ महानगरपालिका-१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत सात जना कर्मचारी लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा पुस २४ गतेदेखि सञ्चालन हुने छैँटौँ तनहुँ सांस्कृतिक महोत्सवअन्तर्गत तीन जातिका नमुना घर निर्माण गरिएको छ । महोत्सवलाई थप आकर्षक, मौलिक र सांस्कृतिक बनाउन तीन जातिका परम्परागत नमुना घर निर्माण गरिएको हो ।
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा लामो समयदेखि वर्षा नहुँदा गहुँबाली सुक्न थालेका छन् । पुस अन्तिम साता लागिसक्दा पनि हिउँदे वर्षा नहुँदा गहुँसहित हिउँदे तरकारी र फलफूलमा समेत प्रतिकूल असर पर्न थालेको हो ।
धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ ।
पश्चिम गुल्मीको ग्रामीण भेगमा पर्ने प्युठानको सिमानासँग जोडिएको अग्लुङ्गफेदीमा पक्की पुल निर्माण भएपछि स्थानीय खुसी देखिएका छन् ।
अध्ययनको क्षेत्र कृषि प्राविधिक ,व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । अध्ययन र व्यवसाय मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सप्तरीले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाको चार वटा निर्वाचन क्षेत्रबाट नौ जनाको नाम सिफारसस गरेको छ ।
यहाँको आमचोक गाउँपालिकाले स्थानीय आयआर्जन वृद्धि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित बृहत चियाखेती विस्तार कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिकाले आर्थिक विकासलाई दिगो बनाउने लक्ष्यसाथ योजनाबद्ध रूपमा चियाखेती विस्तार थालेको हो ।