शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुधा देव
भारदह(सप्तरी), पुस २२ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सप्तरीले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाको चार वटा निर्वाचन क्षेत्रबाट नौ जनाको नाम सिफारसस गरेको छ ।
क्षेत्र नं १ बाट सुमन कुमार प्याकुरेलको एकल नाम सर्वसहमतिबाट सिफारिस गरेको छ । जिल्लाकै क्षेत्र नं २ बाट देवनाथ यादव, राजाराम यादव, मो. ल्याउल रहमान तथा प्रतिमा देवको नाम सिफारिस गरेको छ ।
त्यस्तै, क्षेत्र नं ३ बाट ताराकान्त चौधरीको एकल नाम सर्वसहमतले सिफारिस गरेको पार्टीका जिल्ला सचिव देवनाथ यादवले प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ ।
क्षेत्र नं ४ बाट बालकिशोर चौधरी, गंगाप्रसाद चौधरी र राधा देवी ठाकुरको नाम सिफारिस गरेको छ ।