• २३ पुस २०८२, बुधबार

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, दुई जना घाइते

blog

भक्तिविलास पोखरेल

गाईघाट, पुस २१ गते । ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।उदयपुरको त्रियुगा नगरपालिका-७, होक्सेस्थित मदन भण्डारी लोकमार्गमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । 

 मदन भण्डारी लोकमार्गमा होक्सेबाट चुहाडे तर्फ आउँदै गरेको स. १ त. २८२५ नं. को ट्याक्टर (सिमेन्ट घोल्ने मिक्सर मेसिन जडान भएको) ओरालोमा आफै अनियन्त्रित भई दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार दुई जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका हुन ।  

  जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका त्रियुगा नगरपालिका-६, जलजलेका ४३ वर्षीय राजा हुसेन अली र सोही वडा मोहनपुरका २६ कि आशा सदाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।    

 घाइतेहरू त्रियुगा नगरपालिका-६, मोहनपुर बस्ने वर्ष ४० की समिद्रा सदाको विराटनगर स्थित न्युरो अस्पतालमा र वडा नं ६ जलजले बस्ने वर्ष ४५ को शम्भु सदाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रनाउ दोङले जानकारी दिनु भयो ।

 दुर्घटनामा पश्चात ट्याक्टर चालक त्रियुगा नगरपालिका-६, बगरटोल बस्ने वर्ष ३० को बिलेतिय भन्ने मनोज साह घटनास्थलबाटै फरार रहेकोले निजको खोजतलास भइरहेको साथै उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।