स्विजरल्याण्डको जेनेभामा जारी विश्व व्यापार संगठनको १२औं मन्त्रीस्तरीय सम्मेलनमा सहभागी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले समकक्षी भारतीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र बंगलादेशका वाणिज्य मन्त्री टिपु मुन्सीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ।
सरकारले आगामी वर्ष ३०० स्थानीय तहका पाँच लाख भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी परिवारहरूलाई जग्गाधनी पुर्जा वितरण गर्ने लक्ष्य लिएको छ ।
गृह मन्त्रालयले आगामी असार १ गतेबाट कार्यालय समय १० देखि ५ बजेसम्म हुने जनाएको छ ।
चौथो स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । हेटौंडास्थित पिप्ले क्याम्पा रङ्गशालामा सोमबार भएकोे फाइनलमा घरेलु टोली विजय युथ क्लबलाई २–१ गोलले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार कसुरमा निर्वाचित जनप्रतिनिधि स्वतः निलम्बनको व्यवस्था रहेको जनाएको छ ।
जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ । दिनको १० वटा सिलिन्डर भर्नसक्ने क्षमता रहेको सो प्लान्टको सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले उदघाटन गर्नुभयो ।
असार १ गते हुने जिल्ला समन्वय समिति गुल्मीको निर्वाचनका लागि गुल्मीका राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी आ–आफ्नो पार्टीको उम्मेदवारी दर्ता गराएका हुन् ।
युवाहरुलाई उत्पादन र रोजगारीसँग जोड्ने नीति अवलम्बन गर्न बागलुङका युवाहरुले गण्डकी प्रदेश सरकारलाई सुझाएका छन् ।
जिल्लाको दुई नगरपालिकाले तयार गरेको महत्वाकांक्षी औद्योगिक ग्रामको गुरुयोजना रकम अभावले कार्यान्वयनमा सुस्तता आएको छ । तानसेन र रामपुर नगरपालिकाले गतवर्षदेखि गुरुयोजना निर्माण गरी औद्योगिक ग्रामका लागि आवश्यक पूर्वाधार निर्माण सुरु गरे पनि गुरुयोजना कार्यान्वयन गर्न रकम अभाव भएको छ ।
बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्रीअर्जुनबाण गण र निकुञ्ज प्रशासन कार्यालय बाँकेका कर्मचारीसहित खटिएको संयुक्त पट्रोल टोलीले जनेठ २७ गते एक नाल भरुवा बन्दुकसहित बलबहादुर पल्ली मगरलाई पक्राउ गरेको छ ।
म्याग्दीको दुर्गम धबलागिरि गाउँपालिका ४ मुदीको खाम्लामा सडक पुगेको छ । यस क्षेत्रमा निर्माण हुने तीनवटा जलविद्युत आयोजनाले संयुक्त रुपमा मालिका गाउँपालिका ७ खारादेखि खाम्लासम्म १० किलोमिटर सडकको ट्रयाक खोलेसँगै दुर्गम गाउँमा सडक पुगेको हो ।
जिल्ला समन्वय समिती ओखलढुङ्गामा नेपाली काँग्रेसको समूह नै निर्विरोध विजयी भएको छ । नेपाली काँग्रेसको तर्फबाट प्रमुखमा डिल्लीराम खनाल र उपप्रमुख तारा कार्कीसहितको उम्मेदवार समूह लै विजयी हुनुभएको हो ।
जिल्ला समन्वय समिति बाराको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी हुनुभएको छ । जिसस प्रमुखमा एमालेका उम्मेदवार नरेन्द्रकुमार साहले २० मत ल्याई विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिनुभयो ।
नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा यही जुन १७ देखि २५ तारिखसम्म आयोजना हुने एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा लागि नेपाली महिला खेलाडी टोलीको घोषणा गरेको छ । क्यानले सोमबार बन्द प्रशिक्षणमा रहेका १९ खेलाडीबाट अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
पछिल्लो समय भइरहेको विजुली कटौतीको बिरोध गर्दै नियमित विधुतको माग राखी वीरगञ्जस्थित नेपाल विधुत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रको कार्यालय अगाडि उपभोक्ताहरुले बिरोध प्रदर्शन गरेका छन् ।