• १८ असार २०८१, मङ्गलबार

असार १ गतेबाट कार्यालय समय १० देखि ५ बजे हुने

blog

काठमाडौं, जेठ ३० गते । गृह मन्त्रालयले आगामी असार १ गतेबाट कार्यालय समय १० देखि ५ बजेसम्म हुने जनाएको छ । 

नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ २३ गतेको बैठकले दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई खारेज गरेपछि यो नयाँ कार्यालय समय तोकिएको हो । सरकारले यसअघि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

मन्त्रालयका प्रवक्ता फडीन्द्रमणि पोखरलले सोमबार साँझ जारी गर्नुभएको सूचनामा उक्त कुरा उल्लेख छ ।