• १८ असार २०८१, मङ्गलबार

भ्रष्टाचार कसुरका जनप्रतिनिधि स्वतः निलम्बित हुने

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ ३० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार कसुरमा निर्वाचित जनप्रतिनिधि स्वतः निलम्बनको व्यवस्था रहेको जनाएको छ । 

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले सोमबार प्रेस विज्ञप्ति जारी गर्नुहुँदै स्थानीय तहमा सर्लाहीका ईश्वरप्रसाद नगरपालिका ११ को अध्यक्षमा निर्वाचित रामदुलार साह र वडा सदस्य उमेश रायविरुद्वको मुद्दा अन्तिम किनारा नभएको बताउनुभयो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम आयोगबाट विशेष अदालतमा मुद्दा दायर भएको र विचाराधीन रहेको जनाइएको छ ।  सो ऐनको दफा ३३ मा कसुरको आरोप लागेको कुनै पनि व्यक्ति मुद्दा किनारा नभएसम्म स्वतः निलम्बन रहने कानुनी व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ । यो कार्यान्वयन गर्न गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहमा लेखी पठाइएको आयोगले प्रष्ट पारेको छ ।